Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई १६ हजार ६१२ मत सहित विजयी

    खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई १६ हजार ६१२ मत सहित विजयी


    • आइतवार, फाल्गुण २४ २०८२

    • नेपाल वाइड


    खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई १६ हजार ६१२ मत सहित विजयी
    प्रतिनिधिसभा निर्वाचित श्रम संस्कृति पार्टीका आरेन राई ।

    खोटाङ, २३ फागुन । एउटै निर्वाचन क्षेत्र रहेको खोटाङमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरर्गत श्रम संस्कृति पार्टीका आरेन राईले १६ हजार ६१२ मत ल्याउँदै ऐतिहासिक विजय हासिल गरेका छन् ।

    जितसँगै श्रम संस्कृति पार्टीले पहिलोपटक प्रतिनिधिसभामा खाता खोल्न सफल भएको छ , जसलाई नेपाली राजनीतिमा एक महत्वपुर्ण मोडका रूपमा हेरिएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवबिक्रम राईले १२ हजार ७१४ मत पाउँदा आरेन राईसँग झण्डै चार हजार मतको अन्तरमा पराजित भएका छन् ।

    नेपाली कांग्रेसका वीरकाजी राई ११ हजार ९५७ मतसहित तेस्रो स्थानमा रहे भने नेपाली कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३ र राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्र गिरीले ५ हजार ७०४ मत प्राप्त गरेका छन् ।

    अन्य उम्मेदवारहरुमध्ये राष्ट्रिय परिवर्तन पार्टीका मिरेश राईले ९४७, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक तामाङले ४७७, जनता समाजवादी पार्टी (जसपा) का राकेश राईले ३३७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का चन्द्रबहादुर बुढाथोकीले १८२, जनता समाजवादी पार्टी नेपालका सुनिल चाम्लिङले १११, मङ्गोल नेशनल अर्गनाइजेसन पार्टीका प्रयाग राईले ३२, मितेरी पार्टी नेपालका किशोरमान चाम्लिङले २६ र नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालले २६ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार तीलकचन्द्र राईले ४३ र डा. राजकुमार राईले २७ मत प्राप्त गरेका छन् ।

    जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरका अनुसार १ लाख ४७ हजार १२० मतदाता रहेको यस जिल्लामा ६२ हजार ५६६ मत खसेकोमध्ये ५८ हजार ६३८ मत सदर र ३ हजार ९२८ मत बदर भएको छ ।

    स्थापित दलहरुको परम्परागत गढ मानिएको खोटाङमा श्रम संस्कृति पार्टीको विजयले आगामी दिनहरुमा नेपाली राजनीतिमा नयाँ समीकरण निर्माण हुने संकेत दिएको छ ।

    सम्बन्धित समाचार