Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेकपा खोटाङले फागुन ५ देखि दशवटै स्थानीय तहमा चुनावीसभा गर्ने

    नेकपा खोटाङले फागुन ५ देखि दशवटै स्थानीय तहमा चुनावीसभा गर्ने


    • शुक्रवार, माघ २३ २०८२

    • नेपाल वाइड


    नेकपा खोटाङले फागुन ५ देखि दशवटै स्थानीय तहमा चुनावीसभा गर्ने
    नेपाली कम्युनिष्ट पार्टी खोटाङको कार्यालय ।

    खोटाङ, २३ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) खोटाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्लाका दशवटै स्थानीय तहमा चुनावीसभा आयोजना गर्ने भएको छ । अर्थ तथा वाम राजनीतिक विश्लेषक डा. हरि रोकालाई उम्मेदवार बनाएको नेकपा खोटाङले फागुन ५ गतेदेखि १८ गतेसम्म दशवटै स्थानीय तहमा चुनावीसभा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

    निर्वाचन परिचालन समितिले दिएको जानकारीअनुसार फागुन ५ गते बराहपोखरी गाउँपालिकाको धुर्तुङ, फागुन ६ गते जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजार, फागुन ७ र ८ गते खोटेहाङ गाउँपालिकाको खोटाङ बजार र सिम्पानी बजारमा चुनावीसभा हुनेछ ।

    यस्तै, फागुन ९ गते साकेला गाउँपालिकाको मात्तिम मानेभञ्ज्याङ, फागुन ११ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाको पञ्चमी बजार, फागुन १३ गते केपिलासगढी गाउँपालिकाको बाक्सिला बजार, फागुन १४ गते हलेसी तुवाचुङ नगरपालिकाको हलेसी बजार, फागुन १५ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बुइपास्थित पञ्चदोबाटो, फागुन १६ गते ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क बजार, फागुन १७ गते रावाबेँसी गाउँपालिकाको हरमटार र फागुन १८ गते दिक्तेल बजारमा चुनावीसभा आयोजना गरिनेछ ।

    केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवं पूर्वसांसद टङ्क राईको संयोजकत्वमा चुनावी कमाण्डर तोकेर घरदैलो अभियान गरिरहेको नेकपाले माघ ७ गतेदेखि दिक्तेल बजारबाट घरदैलो अभियान सुरु गरेको थियो। चुनाव प्रचारप्रसार समितिका संयोजक एवं पूर्वमन्त्री राजन राईले अभियान साकेला गाउँपालिका प्रवेश गरिसकेको जानकारी दिए ।

    उम्मेदवार डा. रोकाको चुनावी अभियानमा पूर्व सांसदहरू टङ्क राई र कुलप्रसाद फुयाल, संविधानसभा सदस्यहरू समिता कार्की ’अस्मिता’ र दुर्गाजयन्ती राई, कोशी प्रदेश सरकारका पूर्व ऊर्जा, जलश्रोत तथा खानेपानीमन्त्री रामकुमार राई ’पासाङ’ र पूर्व सामाजिक विकासमन्त्री राजन राई सहभागी हुनुभएको छ । चुनावीसभाका लागि घोषणापत्र तयार गर्ने काम भइरहेको नेकपाले जनाएको छ ।

    उम्मेदवार डा. रोकाले कृषकहरूको आवाज बनेर प्रतिनिधिसभा छिर्नका लागि उम्मेदवारी दिएको बताएका छन् । खोटाङमा दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । एक लाख ४७ हजार १२० मतदाता रहेको जिल्लामा काँग्रेस, एमाले र नेकपाका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

    सम्बन्धित समाचार