Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    एमालेले खोटाङमा जिल्ला अध्यक्ष देवबिक्रम राईलाई दियो टिकट

    एमालेले खोटाङमा जिल्ला अध्यक्ष देवबिक्रम राईलाई दियो टिकट


    • आइतवार, माघ ४ २०८२

    • नेपाल वाइड


    एमालेले खोटाङमा जिल्ला अध्यक्ष देवबिक्रम राईलाई दियो टिकट
    प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा टिकट पाउनुभएका देवबिक्रम राई ।

    खोटाङ, ४ माघ । नेपाल कम्युनिष्ट पार्टी एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा देवबिक्रम राईलाई टिकट दिएको छ ।

    एमाले खोटाङका जिल्ला अध्यक्षसमेत रहनुभएका नेता राईलाई एमाले पार्टी केन्द्रीय समितिले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि टिकट दिएको हो । एमाले खोटाङबाट सिफारिस भएका दश जना नेतामध्ये जिल्ला अध्यक्ष राईले टिकट पाउनुभएको हो ।

    विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा आउनुभएका नेता राई राजनीतिसँगै व्यवसायिक कृषि तथा साहित्यिक क्षेत्रमा समेत सक्रिय रहेका छन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बुइपा निवासी नेता राईले नेपाली विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । विसं २०४२ सालमा बुइपास्थित चम्पावती माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नुभएका नेता राईले विसं २०५१ सालमा रत्नराज्य क्याम्पस काठमाडौँबाट नेपाली विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।

    धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गर्नुभएका नेता राई विसं २०४७ सालमा खोटाङ सुनसरी सम्पर्क समिति अध्यक्ष हुँदै विसं २०५२ सालमा खोटाङ काठमाडौँ सम्पर्क मञ्चको कोषाध्यक्ष भएर काम गरेका थिए ।

    पार्टीको पाँचौँ जिल्ला अधिवेशनपछि जिल्ला फर्कनुभएका नेता राई उक्त अधिवेशनबाट जिल्ला सदस्य, छैटौँ जिल्ला अधिवेशनमा सचिव, सातौँमा उपाध्यक्ष र आठौँमा जिल्ला अध्यक्ष निर्वाचित हुनुभएको थियो ।

    सम्बन्धित समाचार