Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जन्तेढुङ्गामा विद्यालय भवन उद्घाटनसँगै अक्षयकोष स्थापना

    जन्तेढुङ्गामा विद्यालय भवन उद्घाटनसँगै अक्षयकोष स्थापना


    • बिहिवार, पौष १० २०८२

    • नेपाल वाइड


    जन्तेढुङ्गामा विद्यालय भवन उद्घाटनसँगै अक्षयकोष स्थापना
    जग्गा दाता र अक्षयकोष स्थापनाकर्तालाई सम्मान गर्नुहुदै गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ र उपप्रमुख खेमबहादुर खड्कालगायत ।

    खोटाङ, १० पौष । खोटाङको जन्तेढुङ्गा गाउँपालिका वडा नम्बर पाँच चिसापानीस्थित घोर्लेमा सञ्चालित जनबहुमुखी आधारभूत विद्यालयमा निर्माण गरिएको चारकोठे भवन उद्घाटनसँगै अक्षयकोष स्थापना गरिएको छ ।

    नेपाल सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत प्राप्त १८ लाख रुपैयाँ र वडा कार्यालयबाट विनियोजित दुई लाख ५० हजार रुपैयाँ लागतमा भवन निर्माण गरिएको हो ।

    भवन निर्माणका लागि जग्गा सम्याउन गाउँपालिकाले तीन लाख रुपैयाँ सहयोग गरेको प्रधानाध्यापक जुनिता राईले जानकारी दिईन् । स्थानीय जग्गा दाताहरु स्वर्गिय. मानदत्त राई र बसुनीमाया राईको परिवारले एक रोपनी र स्वर्गिय छत्रबहादुर राईको परिवारले दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ ।

    भवन उद्घाटन कार्यक्रममा शिवप्रसाद राई र ललितकुमारी राईको नाममा उहाँका छोरा रमेश राई र बुहारी सुनिता थापा राईले एक लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । जग्गा दाता र अक्षयकोष स्थापनाकर्तालाई गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ र उपप्रमुख खेमबहादुर खड्काले सम्मान गर्नुभएको छ ।

    कार्यक्रममा बेलायतमा रहनुभएका विशाल राईको संयोजनामा १५ विद्यार्थीका लागि न्यानो कपडा र एक थान कम्प्युटर विद्यालयलाई हस्तान्तरण गरिएको छ । दिप्सन राईले १५ थान न्यानो टोपी र मोजा तथा प्रकाश राईले ४५÷४५ थान डटपेन र कपी प्रदान गर्नुभएको छ ।

    सम्बन्धित समाचार