Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    शिक्षकलाई स्थानीय भत्ता दिन महासंघको माग

    शिक्षकलाई स्थानीय भत्ता दिन महासंघको माग


    • सोमवार, कार्तिक २४ २०८२

    • नेपाल वाइड


    खोटाङ, २४ कात्तिक । नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति खोटाङले जिल्लाभरका शिक्षकलाई स्थानीय भत्ता उपलब्ध गराइदिन दशवटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाई कार्यालयलाई ध्यानाकर्षण गराएको छ ।

    नेपाल सरकारको कार्यविधि आर्थिक वर्ष २०८०/८१ को शीर्षक २।२ अनुसार शिक्षकको तलब–भत्ता तथा सेवा सुविधामा स्थानीय भत्ता स्पष्ट उल्लेख भए पनि खोटाङका शिक्षक अझै पनि सो सुविधा पाउनबाट वञ्चित रहेको भन्दै ध्यानाकर्षण गराएको हो ।

    आर्थिक वर्ष २०८२/८३ को कार्यक्रम कार्यान्वयन पुस्तिकाले पनि स्थायी, करार तथा प्राविधिक धारमा कक्षा ९–१२ मा कार्यरत प्रशिक्षकहरूलाई वार्षिक १०।५ महिनाको स्थानीय भत्ता उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको शिक्षक महासंघले जनाएको छ ।

    पहिलो त्रैमासिकका लागि स्थानीय तहमा निकासा भइसकेको भए पनि स्थानीय तहले वितरण नगरेको महासंघको आरोप छ । शिक्षकहरू विद्यालय सुधारमा समर्पित रहँदा पनि न्यूनतम सेवा सुविधा नपाउनु अन्यायपूर्ण भएको महासंघले जनाएको छ ।

    जिल्लाका सबै स्थानीय तहमा एकसाथ बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, “नियमानुसार प्राप्त हुने स्थानीय भत्ता तत्काल उपलब्ध नगराए आगामी दिनमा सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने छौँ ।

    “महासंघले शिक्षकको मनोबल, जीवनस्तर तथा व्यवसायिक सम्मान सुनिश्चितताका लागि स्थानीय भत्ता कार्यान्वयन गर्न सबै पालिकालाई गम्भीर बन्न आग्रह गरेको छ । महासंघको आग्रहलाई बेवास्ता गरेको खण्डमा चरणबद्ध आन्दोलन गर्ने निर्णयसमेत गरिएको महासंघका अध्यक्ष मीनकुमार दाहालले जानकारी दिए ।


    सम्बन्धित समाचार