Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खिदिमाका अपाङ्गता भएका नागरिकहरुलाई सहायक समाग्री वितरण

    खिदिमाका अपाङ्गता भएका नागरिकहरुलाई सहायक समाग्री वितरण


    • सोमवार, भाद्र २ २०८२

    • नेपाल वाइड


    खिदिमाका अपाङ्गता भएका नागरिकहरुलाई सहायक समाग्री वितरण
    अपाङ्गता भएका नागरिकहरूलाई हिँडडुलका लागि सहज बनाउन ह्वीलचेयर लगायतका सहायक समाग्रीहरू वितरण गर्नुहुदै गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राई ।

    खोटाङ, २ भदौँ । खोटाङको साकेला गाउँपालिकास्थित खिदिमाका फरकफरक किसिमका अपाङ्गता भएका नागरिकहरूलाई सहायक समाग्री वितरण गरिएको छ । मिलिजुली समूहमा आबद्ध अपाङ्गता भएका नागरिकहरूको दैनिक जीवनलाई सहज बनाउने उद्देश्यले सहायक सामाग्री वितरण गरिएको हो ।

    गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले अपाङ्गता भएका नागरिकहरूलाई हिँडडुलका लागि छडी लाठ्ठी, श्रवणयन्त्र, कुइनो बैशाखी र ह्वीलचेयर लगायतका सहायक समाग्रीहरू वितरण गर्नुभएको छ । अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम अन्तर्गत बिहिबार खिदिमाका सात जना फरकफरक अपाङ्गता भएका नागरिकहरूलाई उक्त समाग्रीहरू वितरण गरिएको गाउँपालिकाका सूचना अधिकारी डिएम चाम्लिङले जानकारी दिए ।

    सहायक समाग्री वितरण कार्यक्रमको अवसरमा पालिका अध्यक्ष रविप्रकाश राईले अपाङ्गता भएका नागरिकहरूले गठन गरेको मिलिजुली समूहलाई आफूले पाउने सेवा सुविधाबाट १५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

    प्रति महिना प्रतिव्यक्ति १०० रुपैयाँको दरले सदस्यता शुल्क संकलन गरी कोष वृद्धि गर्दै आएको साकेला गाउँपालिका–३ खिदिमाका मिलिजुली समूहको आयआर्जनमा वृद्धि गराउन अध्यक्ष राईले उक्त रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।

    नागरिकलाई परेको समस्याप्रति साकेला सरकार पूर्णरूपमा संवेदनशील रहेको बताउँदै अध्यक्ष राईले भने, “गाउँपालिकावासी नागरिकको समस्या समाधान गर्न स्थानीय सरकारले गर्ने सबै काममा कमी आउन दिइनेछैन । गाउँपालिकाभित्रका अपाङ्गता भएका व्यक्ति र परिवारका लागि थप कार्यक्रम पनि विस्तार गर्दै लगिनेछ ।”

    साकेला गाउँपालिकामा गत २०८० माघ १ गतेदेखि सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, साकेला गाउँपालिका र करुणा फाउण्डेसनको त्रिपक्षीय लागत साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

    उक्त कार्यक्रम २०८३ पौष मसान्तसम्म सञ्चालन हुनेछ भने त्यसपछि गाउँपालिका आफैले कार्यक्रमलाई निरन्तरता दिने गाँउपालिकाले जनाएको छ । अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम अन्तर्गत संकलन भएको विवरण अनुसार साकेला गाउँपालिकाभित्र ३२५ जना अपाङ्गता भएका व्यक्तिहरू रहेको पहिचान भएको छ ।

    ward3 programe4.jpgward3 programe7.jpgward3 programe5.jpgward3 programe1.jpgward3 programe3.jpg

    सम्बन्धित समाचार