Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बाह्र वर्षीया बालिकाको बलात्कारपछि हत्याको आशंकामा प्रहरीमा उजुरी

    बाह्र वर्षीया बालिकाको बलात्कारपछि हत्याको आशंकामा प्रहरीमा उजुरी


    • आइतवार, भाद्र १ २०८२

    • नेपाल वाइड


    बाह्र वर्षीया बालिकाको बलात्कारपछि हत्याको आशंकामा प्रहरीमा उजुरी
    जिल्ला प्रहरी कार्यालय खोटाङ

    खोटाङ, १ भदौ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा झुण्डिएको अवस्थामा मृत फेला परेकी १२ वर्षीया तारा अछामीको मृत्यु प्रकरणमा आफन्तले बलात्कारपछि हत्या गरिएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेकी तारा बाम्राङस्थित राम हिङमाङको घरमा गत साउन २९ गते साँझ उनी सुत्ने कोठाको बलोमा सुत्लीको डोरीमा पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

    मृतकका बुबा तेजबहादुर अछामी सार्कीले छोरीको मृत्यु आत्महत्या नभएर बलात्कारपछि हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी दिएका हुन् । मृत फेला परेकी बालिकाको शरीर अर्धनग्न अवस्थामा र योनीबाट रगत बगेको देखिएको आफन्तको भनाई छ । यसैलाई आधार बनाएर घटनाको निष्पक्ष छानबिन र दोषी पत्ता लगाइ कानूनी कारबाही गर्न माग गर्दै शनिबार उजुरी दिएका हुन् ।

    मृतक तारा एक महिनादेखि हिङमाङको घरमा काम सघाउने गरेर बसेको र बाम्राङस्थित शितला माविको कक्षा ४ मा अध्ययनरत रहेको पाइएको छ । उनकी आमा सरिता अछामी सार्की १० वर्षीय छोरासँग हिङमाङको घरदेखि पाँच मिटर पर डेरामा बस्दै आएकी छिन् भने बुबा टेकबहादुर ज्यालादारीको कामका लागि काठमाडौँ बस्दै आएका छन् ।

    जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार मृतकका बुबाले घटनाको अनुसन्धान गरिदिन भन्दै जाहेरी दर्ता गराएको र घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ । मृतक ताराको शव चार दिनपछि जिल्ला अस्पताल खोटाङमा परीक्षण गराएर आईतबार दाहसंस्कारका लागि अर्खौले लगिएको छ ।

    घरधनी राम हिङमाङले आफु घर बाहिर रहेको र घरपरिवारले घटनाबारे खबर गरेर घर पुग्दा प्रहरीले शव पोष्टमार्टम गरि मुचुल्का गरिसकेको बताए । उनले आफ्नो परिवारमा भएको घटनाका विषयमा गहिरो अनुसन्धान गरिदिन प्रहरीलाई आग्रह गरेको बताए ।

    सम्बन्धित समाचार