सोमवार, श्रावण १९ २०८२
नेपाल वाइड
खोटाङ, १९ साउन । हलेसी दर्शन गरेर फर्कँदै गरेको माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १४ जना गम्भीर घाइते भएका छन् । प्रदेश २–०–१–००१ ज ००५३ नम्बरको माइक्रोबस मध्यपहाडी लोकमार्ग अन्तर्गत जयराम–हलेसी सडकखण्डको कदुवास्थित डौँठे खोला नजिकै सोमबार बिहान करिब नौँ बजे दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त माइक्रोबस सडकबाट करिब २०० मिटर तल खसेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । दुर्घटनाका मृतकको पहिचान हुन सकेको छैन भने घाइतेहरूको पहिचान खुलेको छ । हलेसीमा लागेको बोलबम मेला भरेर फर्कदै गरेको माइक्रो बसमा कूल १७ जना यात्रु सवार रहेको खुलेको छ ।
घाईते हुनेहरुमा सिरहा जिल्ला नराह गाँउपालिका–५ की अन्दाजी ३० कि ममतादेवि यादब, सोही ठाँउका अन्दाजी वर्ष ४० का राजु यादव, रामशरण ठाकुरको श्रीमती तत्काल नाम नखुलेको, वर्ष ३२ की सविता कुमारी यादव, वर्ष ४० की मिथिला कुमारी यादव, धनुषा जिल्ला सबेला नगरपालिका ४ का वर्ष अन्दाजी ७९ को दुर्योधन यादव रहेका छन् ।
यस्तै घाईतेहुनेहरुमा सिरहा जिल्ला नरहा गाँउपालिका–५ का ३० वर्षकी पुनम यादव, वर्ष ३२ की लक्ष्मी शर्मा, वर्ष ३२ की नदिन शर्मा, ५७ वर्षिय धनेश्वर यादव, झालु देवी यादव, ३९ वर्षका रञ्जित यादव, सिराह जिल्ला गोलबजार नगरपालिकाका ३७ की शिला शर्मा, सिराह जिल्ला औरही गाँउपालिका–की मिना कुमारी शर्मा, नरहा गाँउपालिका–५ का दिपेन्द्र यादब, नरहा गाँउपालिकाक–५ कै नदिन शर्माको छोरा बर्ष १० को शिबम शर्मा, सोही ठाँउका ७० की कुस्मवती यादव रहेको प्रहरीले जनाएको छ ।
माइक्रोबस चालक सिराह जिल्लाको सिराह नगरपालिका–३ का २८ वर्षिय रामनाथ शाह भने फरार रहेको प्रहरीले जनाएको छ । घाइतेहरू मध्ये छ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेहरूलाई नगरपालिकाको एम्बुलेन्समार्फत काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ । सामान्य घाईते आठ जनाको भने घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा उपचार भईरहेको छ ।
दुर्घटनास्थलमा खटिएका प्रहरी र स्थानीयहरूको सहयोगमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको र विस्तृत विवरण संकलनको काम भईरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, एउटै मोटरसाइकलमा सवार रहेको चार जनामध्ये एक जनाको मृत्यु भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा चोखानेका ११ वर्षीय यर्मिया राईको मृत्यु भएको हो । खार्ताम्छा चोखाने स्थित कच्ची सडक खण्डमा बा ४१ प ८८१७ नम्बरको मोटरसाइकल आइतबार बेलुका ७ः३० बजेतिरको समयमा अनियन्त्रित भएर सडकबाट अन्दाजी पाँच मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा सोही ठाउँका बाइक चालक जसकुमार राई, १० वर्षीया झरना राई र ११ वर्षीया समिक्षा राई घाइते भएका छन् । घाइतेहरूको भाइतेहरूको फ्यामिली केयर अस्पताल दिक्तेलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।