मंगलवार, आषाढ १० २०८२
नेपाल वाइड
खोटाङ, १० असार । ऐसेलुखर्क गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु ४९ करोड ७० लाख ९३ हजार ८८ को वार्षिक बजेट प्रस्तुत गरेको छ । मंगलबार गाउँपालिकाको सभाहलमा आयोजित १७ औं गाउँसभामा उपप्रमुख राजेश राजभण्डारीले आर्थिक विद्येयक तथा बजेट प्रस्तुत गर्नुभएको हो ।
जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्ने यो गाउँपालिकाले भौतिक पूर्वाधार निर्माण योजनालाई प्राथमिकतामा राखेर वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । गाउँसभामा गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
गाउँसभामा प्रस्तुत बजेटअनुसार वित्तीय समानीकरणतर्फ रु आठ करोड २३ लाख, सशर्त अनुदान चालुतर्फ रु २३ करोड २४ लाख, सशर्त अनुदान पूँजीतर्फ रु ८८ लाख, समपूरक अनुदानतर्फ रु एक करोड ४० लाख र विशेष अनुदानतर्फ रु चार करोड १५ लाख बजेट विनियोजन गरिएको छ ।
उपप्रमुख राजभण्डारीले प्रदेश सरकारको तर्फबाट चालु आर्थिक वर्षका लागि दुई करोड ७३ लाख ९९ हजार प्राप्त हुने अनुमान गरिएको जानकारी दिए । प्रदेश वित्तीय समानीकरण अनुदानतर्फ ७१ लाख पाँच हजार, सशर्त अनुदान ४७ लाख ९४ हजार, सशर्त अनुदान पूँजी रु १५ लाख, समपूरक अनुदानमा एक करोड ४० लाख र गत वर्षको मौज्दात ५५ लाख रकमलाई समेटेर वार्षिक बजेट निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
यस वर्षको बजेटमा विभिन्न क्षेत्रगत कार्यक्रमहरूका लागि व्यापक बजेट विनियोजन गरिएको छ । आर्थिक विकासतर्फ ६४ लाख २० हजार, सामाजिक विकासतर्फ रु एक करोड ९० लाख, पूर्वाधार विकासतर्फ रु चार करोड १६ लाख, वन वातावरण र विपद् व्यवस्थापनतर्फ १३ लाख र सुशासन र संगठनात्मक विकासतर्फ रु पाँच लाख ५० हजारको बजेट प्रस्तुत गरिएको छ ।
गाउँपालिकाले यस वर्षको बजेटमा भौतिक पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखेको छ । कुल बजेटमध्ये पूर्वाधार विकासतर्फ सबैभन्दा बढी अर्थात् चार करोड १६ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसले गाउँपालिकाको सडक, पुल, भवन निर्माण र अन्य पूर्वाधार विकासका कार्यहरूमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
सामाजिक विकासतर्फ एक करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ जसले शिक्षा, स्वास्थ्य र सामाजिक कल्याणका कार्यक्रमहरूमा सहयोग पुर्याउनेछ । आर्थिक विकासका लागि ६४ लाख २० हजार रुपैयाँको व्यवस्था गरिएको छ जसले रोजगारी सृजना र उत्पादकत्व वृद्धिमा योगदान पुर्याउने अपेक्षा छ ।
वन वातावरण र विपद् व्यवस्थापनतर्फ १३ लाख रुपैयाँ र सुशासन र संगठनात्मक विकासतर्फ पाँच लाख ५० हजार रुपैयाँको बजेट विनियोजन गरिएको छ । यसले वातावरण संरक्षण, विपद् जोखिम न्यूनीकरण र प्रशासनिक सुधारका कार्यहरूमा सहयोग पुर्याउनेछ । ऐसेलुखर्क गाउँपालिकाले यस वर्षको बजेटमार्फत समग्र विकास अन्तर्गत भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै सामाजिक र आर्थिक विकासका कार्यक्रमहरूमा समान जोड दिइएको छ ।