Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    संघीय सरकारबाट खोटाङका दश स्थानीय तहलाई तीन अर्ब ८१ करोड अनुदान

    संघीय सरकारबाट खोटाङका दश स्थानीय तहलाई तीन अर्ब ८१ करोड अनुदान


    • शनिवार, जेठ २४ २०८२

    • नेपाल वाइड


    संघीय सरकारबाट खोटाङका दश स्थानीय तहलाई तीन अर्ब ८१ करोड अनुदान
    सांकेतिक तस्बिर

    खोटाङ । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि खोटाङ जिल्लाका दश स्थानीय तहलाई कुल तीन अर्ब ८१ करोड ६० लाख अनुदान रकम उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयले जेठ १९ गते सार्वजनिक गरेको अन्तरसरकारी वित्तीय हस्तान्तरणको विवरण अनुसार जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका लागि चालुतर्फ रु तीन अर्ब ४६ करोड ६९ लाख र पुँजीगतमा रु ३४ करोड ९१ लाख हस्तान्तरण गरिने भएको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई सर्वाधिक बजेट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट सर्वाधिक रु ६९ करोड २० लाख अनुदान प्राप्त गर्ने भएको छ । पन्ध्र वडा रहेको यस नगरपालिकाले चालुतर्फ रु ६६ करोड २३ लाख र पुँजीगततर्फ रु दुई करोड ९७ लाख पाउने अर्थ मन्त्रालयले जनाएको छ ।

    यो रकम जिल्लाका सबै स्थानीय तहमध्ये सबैभन्दा बढी हो । हलेसी तुवाचुङ नगरपालिकालाई ४७ करोड जिल्लाको दोस्रो ठूलो नगरपालिका हलेसी तुवाचुङले कुल रु ४७ करोड ३६ लाख वित्तीय अनुदान प्राप्त गर्ने भएको छ । एघार वडा रहेको यस नगरपालिकाले चालुतर्फ रु ४४ करोड ९६ लाख र पुँजीगतमा तीन करोड ४० लाख प्राप्त गर्नेछ । यसले नगरपालिका स्तरमा दिक्तेल रुपाकोट मझुवागढीपछि दोस्रो स्थान ओगटेको छ ।

    गाउँपालिकाहरूको बजेट वितरण खोटेहाङ गाउँपालिकाले गाउँपालिकाहरूमध्ये सर्वाधिक ४१ करोड ९८ लाख अनुदान पाउने भएको छ । यस गाउँपालिकाले चालुतर्फ ३७ करोड ७८ लाख र पुँजीगतमा चार करोड २० लाख प्राप्त गर्नेछ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ३८ करोड, ऐसेलुखर्क गाउँपालिकाले ३७ करोड ९० लाख र केपिलासगढी गाउँपालिकाले ३५ करोड ९३ लाख प्राप्त गर्ने छन् ।

    ऐसेलुखर्क गाउँपालिकाले चालुतर्फ ३५ करोड ६२ लाख र पुँजीगततर्फ दुई करोड २८ लाख पाउनेछ भने केपिलासगढी गाउँपालिकाले चालुतर्फ २९ करोड ३२ लाख र पुँजीगतमा छ करोड ६१ लाख प्राप्त गर्नेछ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले चालुमा ३४ करोड ९३ लाख र पुँजीगतमा तीन करोड सात लाख पाउनेछ ।

    मध्यम आकारका गाउँपालिकाहरूको बजेट जन्तेढुङ्गा गाउँपालिकाले कुल ३१ करोड २९ लाख अनुदान प्राप्त गर्ने भएको छ । यसमध्ये चालुमा २६ करोड ९४ लाख र पुँजीगतमा चार करोड ३५ लाख छुट्याइएको छ । रावाबेँसी गाउँपालिकाले चालुमा २५ करोड ४९ लाख र पुँजीगतमा दुई करोड ४९ लाख गरी कुल २७ करोड ९८ लाख प्राप्त गर्नेछ ।

    बराहपोखरी गाउँपालिकाले चालुमा २२ करोड ९५ लाख र पुँजीगतमा दुई करोड ९४ लाख गरी कुल २५ करोड ८९ लाख बजेट प्राप्त गर्ने भएको छ । साकेला गाउँपालिकालाई न्यूनतम बजेट जिल्लाको सबैभन्दा सानो स्थानीय तह साकेला गाउँपालिकाले न्यूनतम २६ करोड सात लाख अनुदान प्राप्त गर्ने भएको छ ।

    यस गाउँपालिकाले चालुतर्फ २२ करोड ४७ लाख र पुँजीगतमा तीन करोड ६० लाख प्राप्त गर्ने अर्थ मन्त्रालयले जनाएको छ । यद्यपि यो रकम सबैभन्दा कम भए पनि स्थानीय तहको आकार र जनसंख्याका आधारमा उपलब्ध गराईएको जनाएको छ ।

    सम्बन्धित समाचार