Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    केपिलासगढी गाउँपालिकाद्वारा एसईई उत्कृष्ट विद्यार्थीलाई एक–एक लाख पुरस्कार प्रदान

    केपिलासगढी गाउँपालिकाद्वारा एसईई उत्कृष्ट विद्यार्थीलाई एक–एक लाख पुरस्कार प्रदान


    • शुक्रवार, जेठ ९ २०८२

    • नेपाल वाइड


    केपिलासगढी गाउँपालिकाद्वारा एसईई उत्कृष्ट विद्यार्थीलाई एक–एक लाख पुरस्कार प्रदान
    छात्रातर्फबाट ३.३९ जीपीए ल्याएकी थर्पुडाँडा माध्यमिक विद्यालय सप्तेश्वरका क्याल्सी राईका अविभावकलाई नगद पुरस्कारको चेक हस्तान्तरण गर्नुहुर्दै गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत शौधन राई ‘युनिक’ ।

    खोटाङ, ९ जेठ । खोटाङको केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट जीपीए ल्याउने दुई विद्यार्थीलाई एक–एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ । गाउँपालिकाभरीका सबै विद्यालयमध्ये सर्वोच्च जीपीए हासिल गरेका थर्पुडाँडा माध्यमिक विद्यालय सप्तेश्वरका छात्रातर्फबाट क्याल्सी राईले ३.३९ जीपीए र छात्रतर्फबाट शिब कुमार राईले ३.४५ जीपीए प्राप्त गरेका दुई विद्यार्थीहरुलाई एक–एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेको हो ।

    शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा हाशिल गरेका विद्यार्थीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरिएको गाँउपालिका अध्यक्ष समिर राईले बताए । गत बैशाख ७ गते पृथ्वी माध्यमिक विद्यालय बाक्सिलामा आयोजित शैक्षिक मेला कार्यक्रमको विशेष अवसरमा उक्त पुरस्कार राशिको चेक विद्यार्थीहरूका अभिभावकहरूलाई हस्तान्तरण गरिएको हो ।

    केपिलासगढी गाउँपालिकाका अध्यक्ष समीर राईका अनुसार, पुरस्कार कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई सामुदायिक विद्यालयमा अध्ययन गर्न थप अभिप्रेरित गर्नु रहेको छ । अध्यक्ष राईले भने, “हाम्रो लक्ष्य स्थानीय विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाका लागि टाढाटाढा जानुपर्ने बाध्यता कम गर्दै सामुदायिक विद्यालयलाई नै आकर्षक बनाउनु हो ।” गाउँपालिकाले आर्थिक वर्ष २०७९/२०८० देखि नीति तथा कार्यक्रम निर्माण गरी एसईईमा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र र छात्रालाई नगद पुरस्कार प्रदान गर्दै आएको छ ।

    छात्रातर्फबाट ३.३९ जीपीए ल्याएकी थर्पुडाँडा माध्यमिक विद्यालय सप्तेश्वरका क्याल्सी राईका अविभावकलाई नगद पुरस्कारको चेक हस्तान्तरण गर्नुहुर्दै गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत शौधन राई ‘युनिक’ ।.jpeg
    छात्रतर्फबाट ३.४५ जीपीए ल्याएका थर्पुडाँडा माध्यमिक विद्यालय सप्तेश्वरका शिब कुमार राईलाईका अविभावकलाई नगद पुरस्कारको चेक हस्तान्तरण गर्नुहुर्दै गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत शौधन राई ‘युनिक’ ।

    उत्कृष्ट विद्यार्थीलाई प्रोत्सहान गर्ने गाँउपालिकाको नीतिले स्थानीय विद्यार्थीहरूमा शैक्षिक प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नका साथै शैक्षिक गुणस्तर सुधारमा महत्वपुर्ण योगदान पुर्‍याएको छ । यस्ता प्रोत्साहन कार्यक्रमहरूले सामुदायिक विद्यालयहरूको छवि सुधार गर्न र अभिभावकहरूको भरोसा बढाउन, ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि प्रेरणा मिल्नुकासाथै स्थानीय विद्यालयहरूको शैक्षिक वातावरण सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

    केपिलासगढी गाउँपालिकाले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने र थप विस्तार गर्ने योजना रहेको जनाएको छ । शैक्षिक उत्कृष्टताका साथै खेलकुद, कला र अन्य सीप विकासका क्षेत्रमा पनि प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष राईले बताए ।

    सम्बन्धित समाचार