Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जन्तेढुङ्गा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा

    जन्तेढुङ्गा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा


    • बिहिवार, जेठ १ २०८२

    • नेपाल वाइड


    जन्तेढुङ्गा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा
    गाउँपालिका प्रमुख अरुणादेवी राईलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गर्नुहदै जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाईलगायत अतिथिहरु ।

    खोटाङ, १ जेठ । खोटाङको जन्तेढुङ्गा गाउँपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिकाको मापदण्ड अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषित गरिएको हो ।

    जन्तेढुङ्गा पालिकाका स्वास्थ्य शाखाका प्रमुख सुर्य कार्कीका अनुसार जन्मदेखि १५ महिनासम्मका १५३ जना बालबालिकाले नियमित खोप र १६ महिनादेखि पाँच वर्षसम्मका ६४० जना बालबालिकाले पूर्ण खोप लगाएको सर्वेक्षणबाट प्रमाणित भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो ।

    खोप अभियानका क्रममा १६ महिनाभन्दा माथिका एकजना बच्चाले शुरुमा खोपकार्ड लिएर नियमित खोप लगाए पनि बीचमा छुटाएको पाइएकाले ती बच्चालाई समेत पूर्ण खोप उपलब्ध गराइएको जनाईएको छ ।

    घोषणा समारोहमा जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र गाउँपालिका खोप समन्वय समितिका संयोजक एवम् गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’लाई हस्तान्तरण गरे ।

    गत चैत्र २९ गतेदेखि बैशाख १७ गतेसम्म पालिकाका सबै वडामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम पुरा गरि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको अध्यक्ष अरुणा देवी राईले बताई्न ।

    साथै कार्यक्रममा खोप अभियानमा खटिने स्वास्थ्यकर्मीहरूलाई विशेष सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा चालू आर्थिक वर्षमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने जन्तेढुङ्गा जिल्लाकै दोस्रो गाउँपालिका बनेको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाईका अनुसार, खोटेहाङ र ऐसेलुखर्क गाउँपालिकाले पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरेर गाउँपालिका घोषणाका लागि पत्र पठाइसकेका छन् ।

    आगामी जेठ १५ गतेभित्र खोटाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने तयारी गरिएको प्रमुख चौलागाईले जानकारी दिए । नेपाल सरकारले जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफलाइटिस लगायतका १४ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

    “स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप निश्चितता–हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ सरकारले खोप कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर कार्यान्वयनमा ल्याएको छ । यसको मुख्य उद्देश्य खोप कार्यक्रमबाट कुनै पनि बालबालिका वञ्चित नहोस् भन्ने रहेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङ जिल्लामा बाँकी स्थानीय तहहरूलाई पनि छिट्टै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गर्ने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार