Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जन्तेढुङ्गा गाउँपालिका र राष्ट्रिय आविष्कार केन्द्रबीच दुईपक्षीय संम्झौता

    जन्तेढुङ्गा गाउँपालिका र राष्ट्रिय आविष्कार केन्द्रबीच दुईपक्षीय संम्झौता


    • आइतवार, चैत्र २४ २०८१

    • नेपाल वाइड


    जन्तेढुङ्गा गाउँपालिका र राष्ट्रिय आविष्कार केन्द्रबीच दुईपक्षीय संम्झौता
    सम्झौतापत्रमा हस्ताक्षरपछि जन्तेढुङ्गा गाउँपालिका उपाध्यक्ष खेम बहादुर खड्का र राष्ट्रिय आविष्कार केन्द्र काठमाण्डौका महाप्रबन्धक संजय झा ।

    खोटाङ, २४ चैत्र । खोटाङको जन्तेढुङ्गा गाउँपालिका र राष्ट्रिय आविष्कार केन्द्रबीच दुईपक्षीय सम्झौता भएको छ । प्लाष्टिकजन्य सामग्रीलाई विस्थापित गर्न टपरी बनाउने मेशिन र नवजात शिशुलाई चिसोबाट बचाउने वेवी वार्मर मेशिन निर्माणका लागि राष्ट्रिय आविष्कार केन्द्र काठमाण्डौसँग सम्झौता गरिएको हो ।

    “राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग तथा खेर गइरहेको कच्चा पदार्थको सदुपयोग गर्दै स्थानीय महिला समूहलाई आम्दानीको स्रोत बढाउन टपरी बनाउने मेशिन र वेवी वार्मर मेशिन निर्माणका लागि सम्झौता गरेका छौं ।” गाउँपालिका अध्यक्ष अरुणदेवी राईले भनिन्, ।

    स्थानीय स्तरमा साल, भोर्लाका पात अधिक पाइने क्षेत्रका महिला समूहलाई छनौट गरी टपरी बनाउने मेशिन वितरण गरिने अध्यक्ष राईको भनाई छ । प्लाष्टिकजन्य सामग्रीको अधिक प्रयोगले वातावरणमा परेको असर कम गर्न तथा परम्परागत संस्कार र संस्कृतिको संरक्षणका लागि पनि दुना टपरी बनाउने मेशिन निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको अध्यक्ष राईले बताए ।

    जन्तेढुङ्गा गाउँपालिका उपाध्यक्ष खेम बहादुर खड्का र राष्ट्रिय आविष्कार केन्द्र काठमाण्डौका महाप्रबन्धक संजय झाबीच भएको सम्झौतापत्रमा निर्माण गरिएका मेशिन १ वर्षसम्म आविष्कार केन्द्रले मर्मतसम्भार गर्नुपर्ने सुनिश्चित गरिएको छ ।

    पालिका उपाध्यक्ष खड्काका अनुसार पालिकालाई आवश्यक पर्ने र आविष्कार केन्द्रमा उपलब्ध हुने औजार उपकरण खरिदमा पहिलो प्राथमिकता दिने, महावीर पुनको ५० थान बढी पुस्तक खरिद गरिने जानकारी दिए । आविष्कार केन्द्रले आगामी बैशाख मसान्तसम्म मेशिन निर्माण गरी पालिकालाई बुझाउनु पर्ने सम्झौतापत्रमा उल्लेख छ ।

    सम्बन्धित समाचार