Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बराहापोखरी गाँउपालिकाः शिविरमार्फत वडा कार्यालयबाट राष्ट्रिय परिचय–पत्र तथा नागरिकता वितरण शुरु

    बराहापोखरी गाँउपालिकाः शिविरमार्फत वडा कार्यालयबाट राष्ट्रिय परिचय–पत्र तथा नागरिकता वितरण शुरु


    • मंगलवार, चैत्र १९ २०८१

    • नेपाल वाइड


    बराहापोखरी गाँउपालिकाः शिविरमार्फत वडा कार्यालयबाट राष्ट्रिय परिचय–पत्र तथा नागरिकता वितरण शुरु
    सेवाग्राहीलाई वडा कार्यालयमा राष्ट्रिय परिचय–पत्र वितरण गर्नुहुदै गाँउपालिका अध्यक्ष शालिकराम बञ्जरा र वडाअध्यक्ष ढक बहादुर कार्की ।

    खोटाङ, १९ चैत्र । खोटाङको बराहापोखरी गाउँपालिकाले जेष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका लाभग्राहीहरुलाई लक्षित गरी वडा कार्यालयबाटै राष्ट्रिय परिचय–पत्र तथा नागरिकता वितरण शुरु गरेको छ ।

    भौगोलिक विकटता र शारीरिक अशक्तता भएका लाभग्राहीहरुको समस्यालाई मध्यनजर गर्दै शिविरमार्फत राष्ट्रिय परिचय–पत्र तथा नागरिकता वितरण शुरु गरिएको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए ।

    गाउँघरमा अपाङ्गता भएका व्याक्तिहरू तथा वृद्ध–वृद्धाहरुलाई राष्ट्रिय परिचय–पत्र तथा नागरिकताका कारण सामाजिक सुरक्षा भत्तालगायत विभिन्न कार्यहरुमा अत्यन्तै समस्या भइरहेकोले शिविर सञ्चालन गरिएको अध्यक्ष बञ्जराको भनाई छ ।

    शिविरको पहिलो दिन मंगलबार बराहापोखरी गाउँपालिका–१ बराहापोखरी वडा कार्यालयमा ४४ जनालाई राष्ट्रिय परिचयपत्र र ४७ जनालाई नागरिकता वितरण गरिएको वडाध्यक्ष ढक बहादुर कार्कीले जानकारी दिए । वडाध्यक्ष कार्कीका अनुसार बाँकी रहेका सेवाग्राहीलाई बुधबार पनि राष्ट्रिय परिचयपत्र तथा नागरिकता वितरण गरिने छ ।

    इलाका प्रशासन कार्यालय खोटाङ बजारका निमित्त कार्यालय प्रमुख मोहन बहादुर राईको टोली शिविरमा खटिएका छन् । जिल्ला प्रशासन कार्यालय खोटाङको समन्वयमा शुरु भएको शिविर बाँकी वडाहरुमा क्रमशः सञ्चालन गरिने गाउँपालिका अध्यक्ष बञ्जराले जानकारी दिए ।

    सम्बन्धित समाचार