Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसी बजारमा आगलागीः दुई घर जलेर नष्ट, अन्य १० घर जोखिममा

    हलेसी बजारमा आगलागीः दुई घर जलेर नष्ट, अन्य १० घर जोखिममा


    • आइतवार, फाल्गुण ४ २०८१

    • नेपाल वाइड


    हलेसी बजारमा आगलागीः दुई घर जलेर नष्ट, अन्य १० घर जोखिममा
    हलेसी बजारमा लागेको आगलागी ।

    खोटाङ, ४ फागुन । खोटाङ हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको हलेसी बजारमा भएको आगलागीमा दुई घर पूर्णरुपमा जलेर नष्ट भएका छन् । आइतबार साँझ एक हार्डवेयर पसलबाट सुरु भएको आगलागी नियन्त्रण भन्दा बाहिर गएको वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।

    आगलागीबाट स्थानीयवासी पदम राई र आइराख राईको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहे पनि सफल हुन सकेका छैनन् ।

    वडाध्यक्ष गिरी स्वयं पनि आगो नियन्त्रणको प्रयासमा जुटेका छन् । आगो नियन्त्रणमा नआएको खण्डमा थप १० वटा घरहरू समेत जोखिममा रहेको स्थानीयले बताएका छन् । आगलागी नियन्त्रणका लागि स्थानीय प्रशासन र सुरक्षा निकायको टोली परिचालित रहेको छ ।

    सम्बन्धित समाचार