Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेपाल निजामती कर्मचारी संगठन खोटाङको नेतृत्वमा रामप्रसाद आचार्य

    नेपाल निजामती कर्मचारी संगठन खोटाङको नेतृत्वमा रामप्रसाद आचार्य


    • बिहिवार, माघ १७ २०८१

    • नेपाल वाइड


    नेपाल निजामती कर्मचारी संगठन खोटाङको नेतृत्वमा रामप्रसाद आचार्य
    नेपाल निजामती कर्मचारी संगठन खोटाङको अध्यक्षमा निर्वाचित रामप्रसाद आचार्य ।

    खोटाङ, माघ १७ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठन खोटाङको अध्यक्षमा रामप्रसाद आचार्य सर्वसम्मत चयन हुनुभएको छ । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बुधबार साँझ सम्पन्न संगठनको १२ औं जिल्ला अधिवेशनले आचार्य नेतृत्वको नयाँ कार्यसमिति चयन गरेको हो ।

    नवगठित कार्यसमितिको उपाध्यक्षमा बिनोद राई, महिला उपाध्यक्षमा दिक्षिका शाक्य, सचिवमा गणेशप्रसाद आचार्य, उपसचिवमा सुवास राई र कोषाध्यक्षमा अगमसिं विश्वकर्मा चयन हुनुभएको छ ।

    यसैगरी १३ जना सदस्यहरुमा सुशिला आचार्य, उषाकला राई, सिर्जना लुईटेल, बबिता आचार्य (ढकाल), शंकर घर्तीमगर, हरिहर ढकाल, राजनप्रसाद दुलाल, राजु बस्नेत, मनोज बस्नेत, सुनिल दाहाल, अर्जुन ढकाल, दिनेश बस्नेत र रोशन श्रेष्ठ रहनुभएको छ । अधिवेशनले केन्द्रीय प्रतिनिधिमा रेखा राई ‘क्षितिज’, पवन पोखरेल, सुशिला घिमिरे र सीताराम खतिवडालाई चयन गरेको छ ।

    त्यस्तै प्रदेश प्रतिनिधिमा राजकुमार राई, जीवन आचार्य, मुरारी सिग्देल र राजन बस्नेत चयन हुनुभएको छ । संगठनकी निवर्तमान अध्यक्ष रेखा राई ‘क्षितिज’को अध्यक्षता तथा केन्द्रीय सचिवालय सदस्य ध्रुवकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले पाँच सदस्यीय लेखा परीक्षण आयोग पनि गठन गरेको छ ।

    आयोगको संयोजकमा गणेश खड्का तथा सदस्यहरुमा गोपाल खड्का, भूपराज कटवाल, शान्ता विश्वकर्मा र मीत्रप्रसाद आचार्य रहनुभएको छ । कार्यक्रममा प्रमुख अतिथि कार्कीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

    विशेष अतिथिका रुपमा उपस्थित नेकपा एमालेका पोलिटब्यूरो सदस्य विशाल भट्टराईले देश निर्माणमा कर्मचारी संगठनको भूमिका महत्वपूर्ण रहेको बताए । कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष कुमार आचार्य, सचिव सुरेशकुमार राई, प्रचार विभाग प्रमुख खेमराज देउजाली लगायत विभिन्न जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार