Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खेलकुद

    पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले आफ्नौ बनायो राष्ट्रपति रनिङ शिल्ड

    पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले आफ्नौ बनायो राष्ट्रपति रनिङ शिल्ड


    • मंगलवार, माघ १५ २०८१

    • नेपाल वाइड


    पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले आफ्नौ बनायो राष्ट्रपति रनिङ शिल्ड
    पृथ्वी माध्यमिक विद्यालय बाक्सिलालाई शिल्ड हस्तान्तरण गर्दै पालिका अध्यक्ष समिर राईलगायत ।

    खोटाङ, १५ माघ । खोटाङको केपिलासगढी गाउँपालिकामा आयोजना गरिएको तेस्रो अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले आफ्नै बनाएको छ ।

    बाक्सिलाले लगातार तेस्रो पटक उपाधि जितेर रनिङ शिल्ड आफ्नै बनाएको हो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको निर्देशिका अनुसार लगातार तीन पटक विजयी हुने विद्यालयले शिल्ड स्थायी रूपमा राख्न पाउने व्यवस्था भएकोले पृथ्वी माविले यो गौरवशाली उपलब्धि हासिल गरेको हो ।

    चार दिनसम्म चलेको प्रतियोगितामा पृथ्वी माविले सितोरियो कराँते र तेक्वान्दो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै २६ स्वर्ण, २१ रजत र २५ कास्य पदक हासिल गर्‍यो । प्रतियोगितामा शुक्रजित माविले ८ स्वर्ण, ३ रजत र १ कास्य पदकसहित दोस्रो स्थान हासिल गर्दा जालपा मावि बाक्सिलाले ३ स्वर्ण, ६ रजत र १ कास्य पदकसहित तेस्रो स्थान प्राप्त गर्‍यो ।

    व्यक्तिगत उपलब्धितर्फ एथलेटिक्समा जालपा माविकी अस्मिता खत्री र शुक्रजित माविका सन्देश विश्वकर्मा उत्कृष्ट खेलाडी घोषित भए । त्यसैगरी भलिबलतर्फ शुक्रजित माविकी दिविशा राई र कुहुडाँडा माविका निशान राईले उत्कृष्ट खेलाडीको उपाधि हात पारे ।

    विजेता टोलीहरूलाई गाउँपालिका प्रमुख समिर राई र प्रमुख प्रशासकीय अधिकृत शौधन राईले पुरस्कार वितरण गरे । प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयहरूलाई क्रमशः रु ५० हजार, रु ४५ हजार र रु ४० हजारको नगद पुरस्कारका साथै शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । गाउँपालिकाले यस प्रतियोगिताका लागि रु दश लाख बजेट विनियोजन गरेको थियो ।

    सहभागी विद्यालयहरूलाई दूरीको आधारमा खाना तथा खाजा खर्चको लागि रु २५ हजारदेखि रु ३५ हजारसम्म रकम उपलब्ध गराइएको छ । गाउँपालिकाभित्रका नौवटा माध्यमिक विद्यालयले सहभागिता जनाएको यस प्रतियोगितामा छनोट भएका खेलाडीहरूले आगामी जिल्लास्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् ।

    सम्बन्धित समाचार