Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

    जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्य सामाग्री हस्तान्तरण


    • शनिवार, मंसिर २९ २०८१

    • नेपाल वाइड


    जिल्ला अस्पताल खोटाङलाई  स्वास्थ्य सामाग्री हस्तान्तरण
    जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्य सामाग्री र औषधी हस्तान्तरण गर्नुहुदै मन्त्री भुपेन्द्र राई ।

    खोटाङ, २९ मंसिर । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल खोटाङलाई महत्वपूर्ण स्वास्थ्य सामाग्री र औषधी उपलब्ध गराएको छ । शनिबार जिल्ला आईपुग्नु भएका कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईले ६ लाख ७९ हजार १३ रुपैयाँ मूल्य बराबरको विभिन्न स्वास्थ्य सामाग्री र अस्पतालका लागि आवश्यक औषधी हस्तान्तरण गरेका हुन् ।

    अस्पताल प्राङ्गणमा आयोजित कार्यक्रममा भौतिक पुर्वाधार विकास मन्त्री समेत रहनुभएका मन्त्री राईले जिल्ला अस्पतालका निमित्त प्रमुख मेडिकल अधिकृत पुस्कल राईलाई ३८ प्रकारका आवश्यक स्वास्थ्य सामाग्री तथा औषधिहरू हस्तान्तरण गरेका हुन् ।

    कार्यक्रममा बोल्नुहुदै मन्त्री राईले जिल्ला अस्पताल खोटाङको सेवा प्रवाहलाई थप सुदृढ बनाउन कोशी प्रदेश सरकार र मन्त्रालय प्रतिबद्ध रहेको बताए । मन्त्री राईले आगामी दिनहरूमा अस्पताललाई आवश्यक पर्ने थप औषधि, उपकरण तथा स्वास्थ्य सामग्रीहरू निरन्तर रूपमा उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

    कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल खोटाङलाई उपलब्ध गराएको महत्वपूर्ण स्वास्थ्य सामाग्री र औषधीहरु ।

    23.jpg

    सम्बन्धित समाचार