Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दशैं र तिहारको अवसरमा नेविसंघको शुभकामना आदान–प्रदान सँगै एकल नृत्य तथा भलिबल प्रतियोगीता

    दशैं र तिहारको अवसरमा नेविसंघको शुभकामना आदान–प्रदान सँगै एकल नृत्य तथा भलिबल प्रतियोगीता


    • सोमवार, आश्विन १४ २०८१

    • नेपाल वाइड


    दशैं र तिहारको अवसरमा नेविसंघको शुभकामना आदान–प्रदान सँगै एकल नृत्य तथा भलिबल प्रतियोगीता

    खोटाङ, १४ असोज । नजिकिदै गरेको दशैं र तिहारको अवसरमा नेपाल विद्यार्थी संघ दिक्तेल बहुमुखी क्याम्पस इकाई कमिटिले एकल नृत्य तथा भलिबल प्रतियोगीता गरेको छ । नेविसंघले ‘विद्यार्थीसँग नेबिसंघ’ भन्ने नारासहित असोज १४ गते दशैं र तिहारको अवसरमा शुभकामना आदान–प्रदानका साथमा एकल नृत्य तथा भलिबल प्रतियोगीता गरेको हो ।

    भलिवल प्रतियोगीतामा टिम ‘ए’ प्लस–टु प्रथम, टिम बिएड दोश्रो तथा टिम ‘बी’ प्लस–टु र आयोजक शान्त्वना भएका छन् । विजेतालाई क्रमशः तीन हजार, दुई हजार र एक हजारको साथमा प्रमाण–पत्र प्रदान गरिएको आयोजक नेपाल विद्यार्थी संघ दिक्तेल बहुमुखी क्याम्पस इकाई कमिटिका अध्यक्ष सोनामहाङ राईले जानकारी दिए ।

    यस्तै, नृत्य प्रतियोगीतामा ओजस्वी भट्टराईले प्रथम, मनिषा राईले दोश्रो, सुनिता राईले तेश्रो र लक्ष्मी राईले शान्त्वना स्थान प्राप्त गरेको आयोजकले जनाएको छ । उनीहरुलाई क्रमशः एक हजार पाँच सय, एक हजार, सात सय र पाँच सयको साथमा प्रमाण–पत्र प्रदान गरिएको छ । नृत्य प्रतियोगीतामा १३ जनाले प्रतिष्पर्धा गरेका थिए । नेविसंघका पुर्व जिल्ला अध्यक्ष एबं वर्तमान कांग्रेस प्रदेश ‘ख’का क्षेत्रीय सभापति दिनेशकुमार घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेबिसंघका जिल्ला अध्यक्ष मोतिचन्द्र राई, क्याम्पस प्रमुख हिराकुमार राई लगायत विशेष अतिथि थिए ।

    सोही कार्यक्रमको अवसर पारेर दिक्तेल बहुमुखी क्याम्पसले विगत ३० वर्षदेखि सहायक कर्मचारीको रुपमा सेवा दिएका युवराज राईलाई स–सम्मान विदाई गरेको छ । कार्यक्रमका प्रमुख अतिथि र विशेष अतिथिलाई मायाँको चिनो प्रदान गरिएको थियो । कार्यक्रम नेविसंघ क्याम्पस इकाइ कमिटि अध्यक्ष सोनामहाङ राईको सभापतित्वमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार