Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    लिथुआनियामा मेयर भट्टराईको अंग्रेजी भाषण

    लिथुआनियामा मेयर भट्टराईको अंग्रेजी भाषण


    • सोमवार, भाद्र २४ २०८१

    • नेपाल वाइड


    लिथुआनियामा मेयर भट्टराईको अंग्रेजी भाषण

    खोटाङ, २४ भदौ । खोटाङका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई लिथुआनियाको भ्रमणमा छन् । लिथुआनियाको नारिंगा नगरपालिका र निडा आर्ट एसोसिएसनको आयोजनामा भएको ‘निडा अन्तर्राष्ट्रिय पेन्टिङ वर्कशप’मा सहभागीताका लागि मेयर भट्टराई लिथुआनिया छन् । मेयर भट्टराईले ‘निडा अन्तर्राष्ट्रिय पेन्टिङ वर्कशप’मा अंग्रेजीमा लिखित मन्तव्य राखेका छन् ।

    मेयर भट्टराईले २०८० असोज १७ गतेदेखि असोज २० गतेसम्म दिक्तेलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी गरेको सो कार्यशालामा लिथुआनियाको पाँच कलाकारले सहभागीता जनाएको भन्दै धन्यवाद दिए । नगरपालिकाको परिचय दिने क्रममा उनले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका किरात समुदायको उद्गमस्थलमा रहेको र सबै धर्मावलम्बीको बसोबास रहेको जानकारी दिएका छन् ।

    मेयर भट्टराईले ‘निडा अन्तर्राष्ट्रिय पेन्टिङ वर्कशप’को माध्यमबाट लिथुआनियाको पर्यटन र समग्र विकासमा योगदान दिएको भन्दै नगरपालिकाको प्रशंसाा गरे । उनले नारिंगा नगरपालिकाका मेयर डारिअस जसाइटिसलाई दिक्तेल भ्रमणका लागि निमन्त्रणा गरेका छन् । उनले दुई नगरपालिकाबीचमा औपचारिक सम्वन्ध स्थापनाका लागि प्रस्ताव राखेका छन् ।

    ‘निडा अन्तर्राष्ट्रिय पेन्टिङ वर्कशप’मा नेपालकातर्फबाट वरिष्ठ चित्रकार तथा मुर्तीकार धनबादुर याक्खा सहभागी भएका छन् । सो पेन्टिङ वर्कशपमा अमेरिका, भारत, कोरिया, यूके, फ्रान्स, जर्मनी, डेनमार्क, युक्रेन लगायतका ४३ देशका चित्रकारको सहभागीता रहेको छ ।

    सम्बन्धित समाचार