Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा खोलामा डुबेर दुई छात्रको मृत्यु

    खोटाङमा खोलामा डुबेर दुई छात्रको मृत्यु


    • शनिवार, भाद्र ८ २०८१

    • नेपाल वाइड


    खोटाङमा खोलामा डुबेर दुई छात्रको मृत्यु

    खोटाङ, ८ भदौ । खोटाङमा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका नौ वर्षीय राज राई र ११ वर्षीय अर्जुन राईको चङ्खु खोलाको दहमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । साविकको राखाबांदेल–६ खिरुका राज सोही ठाउँमा रहेको जनहित प्राविमा कक्षा ४ मा र अर्जुन कक्षा ५ मा अध्ययनरत थिए ।

    भदौ ७ गते स्कुलबाट घर फर्कनेक्रममा पौडी खेल्न दहमा पसेका दुई बालकको दुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए ।

    घर र विद्यालयको बिचमा पर्ने चङ्खु खोलामा वारपार गर्न झोलुङ्गे पुल छ । तर विद्यालयबाट सँगै घर फर्किरहेका चार विद्यार्थीमध्ये छात्रद्धय भने ‘गर्मी भयो’ भन्दै पौडी खेल्नका लागि पुलबाट करिब ५० मिटर तल दहमा झरेका थिए । सँगै रहेका दुई विद्यार्थी भने पुलमै बसेर रमिता हेरिरहेका थिए । पौडी खेल्न पसेका बालक डुबेपछि पुलमा बसेर हेरिरहेका विद्यार्थीले गाउँमा खबर पुर्‍याएको वडाध्यक्ष पुरुषोत्तम राजभण्डारीले बताए ।

    चङ्खु खोलामा हिउँदमा सानो भए पनि वर्षामा ठूलो पानी बहने गरेको छ । स्थानीयले हिउँदको समयमा गाईवस्तुलाई पानी खुवाउनका लागि दह बनाएका थिए । अहिले वर्षाको पानीले खोलाको सतह सँगै बढेको दहमा पस्दा दुई छात्रले ज्यान गुमाएका हुन् ।

    घटनाको विषयमा जानकारी आए लगत्तै इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरीको टोलीले घट्नास्थल पुगेर कानुनी प्रकृया पुरा गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार