Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    झाडापखालाका कारण खोटाङमा चार वर्षीय बालकको मृत्यु

    झाडापखालाका कारण खोटाङमा चार वर्षीय बालकको मृत्यु


    • आइतवार, भाद्र २ २०८१

    • नेपाल वाइड


    झाडापखालाका कारण खोटाङमा चार वर्षीय बालकको मृत्यु
    मृतक बालकलाई रिजर्भ गरेको जीपबाट गाउँ लैजाने तयारी गर्दै आफन्त । तस्बीरः दमन राई

    खोटाङ, २ भदौ । झाडापखालाका कारण खोटाङमा चार वर्षीय बालकले ज्यान गुमाएका छन् । झाडा पखालाका कारण जलवियोजन हुँदा आइतबार दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका दिप्सन भुजेलको मृत्यु भएको जिल्ला अस्पताल खोटाङका निमित्त सुपरिटेन्डेन्ट डा. रुपेश संग्रौलाले बताए ।

    जलवियोजन भएका कारण मुटुको धड्कन रोकिएको अवस्थामा बालकलाई आइतबार दिउँसो ३.४५ बजे जिल्ला अस्पतालमा पुर्‍याइएको थियो । अन्तिम अवस्थामा अस्पताल पुर्‍याइएको बालकलाई केही समयपछि मृत घोषणा गरिएको थियो ।

    भुजेल परिवारको आर्थिक अवस्था कमजोर भएका कारण शवलाई चन्दा उठाएको पैसाले जिप रिजर्भ गरेर गाउँ फर्काइएको छ । दिप्सन दुई दिन अघिदेखि निरन्तर पखाला लाग्ने र वान्ता हुने समस्याबाट बिरामी परेका थिए । झाडापखालाका कारण याम्खामा २०६५ सालमा एक जनाको ज्यान गएको थियो ।

    सम्बन्धित समाचार