Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ‘मौलशोभा राई आमा सम्मान’ विमला राई साम्पाङलाई प्रदान गर्ने निर्णय

    ‘मौलशोभा राई आमा सम्मान’ विमला राई साम्पाङलाई प्रदान गर्ने निर्णय


    • मंगलवार, श्रावण २९ २०८१

    • नेपाल वाइड


    ‘मौलशोभा राई आमा सम्मान’ विमला राई साम्पाङलाई प्रदान गर्ने निर्णय

    खोटाङ, २९ साउन । साहित्यकार दीपा राई पुनकी आमा विमला राई साम्पाङलाई ‘मौलशोभा राई आमा सम्मान’ प्रदान गर्ने घोषणा गरिएको छ । साहित्य, कला, संस्कृति, अर्थ र राजनीतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिका आमालाई सम्मान गर्नेगरी यसै वर्ष स्थापना गरिएको सम्मान दीपा राई पुनकी आमालाई प्रदान गर्ने घोषणा गरिएको हो ।

    साहित्यकार डा. पुरण राईले आफ्नो आमाको नामबाट स्थापना गरेको ‘मौलशोभा राई आमा सम्मान’ नगद ५० हजार राशीको रहेको छ । श्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ संयोजक रहेको छनोट समितिले ‘मौलशोभा राई आमा सम्मान’बाट झापाकी बिमलालाई सम्मान गर्ने निर्णय गरेको हो । छनौट समितिमा डा. चमा थुलुङ, बिमला तुम्खेवा, कमल ज्ञवाली र सिद्धराज राई थिए ।

    ‘मौलशोभा राई आमा सम्मान’ साहित्यकार दीपा राई पुनको जन्मदिनको अवसर पारेर आगामी कात्तिक २९ गते आमा बिमलालाई प्रदान गर्ने तयारी गरिएको छ । नेपाली साहित्यमा दीपा राई पुनले पुर्‍याएको योगदानको कदर स्वरूप उनकी आमालाई सो सम्मान दिने निर्णय भएको हो ।

    डा. राईले आफ्नो आमाको नामबाट हरेक वर्ष प्रदान गर्ने गरी ‘मौलशोभा राई आमा सम्मान’ स्थापना गरेका हुन् । ‘आमालाई सम्मान गर्नुपर्छ’ भन्ने सोच तथा आमाको सामाजिक सुरक्षाका लागि सम्मानको स्थापना गरेको डा. राईले बताए । सम्मानका संस्थापक डा. राईको वसन्त ऋतु (उपन्यास), लाशमाथिको मानव (नाटक), अस्तु (कथा संग्रह), डरका बिम्बहरु (कोभिड डायरी) लगायतका पाँच कृति प्रकाशित छन् ।

    श्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यकार किवाङ्ग हाङ्ग राई लगायतले आमाको नाममा स्थापना गरिएको सम्मानले आमाको सम्मान भएको बताए । कार्यक्रममा सञ्चारकर्मी/साहित्यकार राजेश खनाल, याेगेन्द्रकुमार राई, श्रीराम राई लगायतकाे उपस्थित रहेकाे थियाे। 

    सम्बन्धित समाचार