शनिवार, श्रावण २६ २०८१
नेपाल वाइड
खोटाङ, २६ साउन । खोटाङ–हलेसी सेवा समाज काठमाडौंले पशुपतिनाथमा सन्ध्याकालिन आरती गरेको छ । पितृ उद्धार एबं जिल्लाबासीको सुख–शान्ति तथा समृद्धिको कामना गर्दै साउन २५ गते पशुपतिनाथ प्रांगणमा सन्ध्याकालिन आरती गरिएको हो ।
पुर्वनिर्धारित कार्यक्रम अनुसार पशुपतीनाथमा सन्ध्याकालिन आरती गरिएको खोटाङ–हलेसी सेवा समाजले जनाएको छ । सन्ध्याकालिन आरतीका क्रममा खोटाङ्गेको उल्लेख्य सहभागीता रहेको थियो ।