आइतवार, श्रावण ६ २०८१
नेपाल वाइड
खोटाङ, ६ साउन । खोटाङका विद्यार्थी नेता प्रकाश चाम्लिङ अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी विद्यार्थी युनियनको केन्द्रीय अध्यक्ष बनेका छन् ।
अशोक राईले उपेन्द्र यादवसँग अलग्गिएर जनता समाजवादी पार्टी गठन गरेपछि चाम्लिङले समाजवादी विद्यार्थी युनियनको केन्द्रीय अध्यक्षको जिम्मेवारी पाएका हुन् । अशोक राई र उपेन्द्र यादव फुट्नुअघि चाम्लिङ समाजवादी विद्यार्थी युनियनको केन्द्रीय महासचिव थिए ।
नयाँ जिम्मेवारी पाएका चाम्लिङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी हुन् । समाजवादी विद्यार्थी युनियनको केन्द्रीय अध्यक्ष बनेका चाम्लिङलाई जनता समाजवादी पार्टी खोटाङ–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा कार्यक्रम गरेर बधाई तथा शुभकामना दिएको जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष निर्मल राईले जानकारी दिए ।