Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    वर्षाले घर भत्किएपछि टेम्मामा सात जनाको परिवार विस्थापित

    वर्षाले घर भत्किएपछि टेम्मामा सात जनाको परिवार विस्थापित


    • आइतवार, आषाढ २३ २०८१

    • नेपाल वाइड


    वर्षाले घर भत्किएपछि टेम्मामा सात जनाको परिवार विस्थापित

    खोटाङ, २३ असार । खोटाङमा वर्षाले घर भत्किएपछि एक परिवार विस्थापित भएका छन् । छानाबाट चुहिएको पानीले घर अगाडिको दायाँपट्टिको पर्खाल भिजेर आइतबार बिहान भत्किएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा एक्लेबरका जंगबहादुर मगरको सात जनाको परिवार विस्थापित भएका हुन् ।

    खरले छाएको तीन तले घर बस्नै नमिल्नेगरी भत्किएपछि मगरको परिवार सय मिटर पर रहेको गोठमा आश्रय लिएर बसिरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिए । मगरको घर अगाडिको बायाँतिरको पर्खाल समेत चर्केको छ ।

    घर भत्किँदा मगरको करिब २० लाख बराबरको क्षती भएको जानकारी आएपछि प्रहरीचौकी याम्खाबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

    सम्बन्धित समाचार