Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हाजिरी जवाफ प्रतियोगीता गर्दै किरात राई साँस्कृतिक कलाकार संघको स्थापना दिवस मनाउने तयारी

    हाजिरी जवाफ प्रतियोगीता गर्दै किरात राई साँस्कृतिक कलाकार संघको स्थापना दिवस मनाउने तयारी


    • शुक्रवार, आषाढ २१ २०८१

    • नेपाल वाइड


    हाजिरी जवाफ प्रतियोगीता गर्दै किरात राई साँस्कृतिक कलाकार संघको स्थापना दिवस मनाउने तयारी

    काठ्माडौं, २१ असार । किरात राई साँस्कृतिक कलाकार संघ, केन्द्रीय कार्यसमिति काठमाडौंले ‘किरात राई अन्तर संस्था हाजिरी जवाफ प्रतियोगीता ५०८४’ को तयारी गरेको छ । आफ्नै १९ औं स्थापना दिवसको अवसर पारेर किरात राई साँस्कृतिक कलाकार संघले आगामी असार २९ गते प्रदेश नम्बर १ (उदयपुर) र काठमाडौंमा एकैसाथ किरात राई अन्तर संस्था हाजिरी जवाफ प्रतियोगीताको तयारी गरेको हो ।

    कलाकार संघको स्थापना दिवसको अवसर पारेर किरात राई यायोक्खाको काठमाडौं कोटेश्वरस्थित कार्यालयमा रहेको सुम्निमा हल तथा उदयपुरको बेलका नगरपालिका–९ स्थित आदिवासी जनजाती सभाहलमा हाजिरी जवाफ प्रतियोगीता गर्न लागिएको हो ।

    प्रतियोगीतामा सोधिने सबै प्रश्नहरु किरात राईको भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, इतिहास, भुगोल लगायतसँग सम्वन्धित हुने किरात राई साँस्कृतिक कलाकार संघका महासचिव पदम थुलुङ राईले जानकारी दिए । हाजिरी जबाफ प्रतियोगितामा किरातजन्य संघसंस्थाहरुबाट तीन जना मात्र सहभागी हुन पाउने मापदण्ड बनाइएको छ । काठमाडौंमा हुने प्रतियोगीतामा प्रथम, दोश्रो र तेश्रो हुने विजेताले क्रमशः ११ हजारका साथमा ढोल, ७ हजारका साथमा पोमी तथा ५ हजारका साथमा झ्याम्टा प्राप्त गर्नेछन् । 

    यस्तै, प्रदेश प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमलाई झ्याम्टा, सिलिमी र पोमी, दोश्रो हुने टिमलाई सिलिमी, पोमी तथा तेश्रो हुने टिमलाई झ्याम्टाका साथमा मायाँको चिनो प्रदान गरिने कलाकार संघले जनाएको छ । अन्य सहभागीलाई प्रमाण–पत्र प्रदान गरिने छ । सहभागिताले असार २५ गतेभित्र नामावली दर्ता गरिसक्नुपर्ने छ ।

    जेठ २२ गते पर्ने स्थापना दिवसको अवसर पारेर किरात राई साँस्कृतिक कलाकार संघले हाजिरी जवाफ प्रतियोगीता गर्न लागेको हो । किरात राई अन्तर संस्था हाजिरी जवाफ प्रतियोगीता सँगै साँस्कृतिक सम्मान र पुरस्कार प्रदानको कार्यक्रम तय गरिएको महासचिव राईले जानकारी दिए ।

    सम्बन्धित समाचार