Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा राष्ट्रिय बाँस सम्मेलन हुने

    खोटाङमा राष्ट्रिय बाँस सम्मेलन हुने


    • शनिवार, जेठ २६ २०८१

    • नेपाल वाइड


    खोटाङमा राष्ट्रिय बाँस सम्मेलन हुने
    राष्ट्रिय बाँस सम्मेलनको तयारी बैठकपछि नगर प्रमुुख तीर्थराज भट्टराईसहित बाँस विज्ञको टोली ।

    खोटाङ, २६ जेठ । खोटाङको दिक्तेलमा राष्ट्रिय बाँस सम्मेलनको हुने भएको छ । आगामी कार्तिक २, ३ र ४ गते स्थानिय स्तरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा बाँस अनुसन्धान तथा प्रवर्द्धन केन्द्रको आयोजनामा दिक्तेलमा राष्ट्रिय बाँस सम्मेलन हुने भएको हो ।

    स्थानीय स्तरमा सहजरूपमा पाइने बाँसलाई जीवनोपयोगी बनाउँदै पर्यावरण संरक्षण गर्ने उद्देश्यकासाथ राष्ट्रिय सम्मेलनको तयारी गरिएको हो । स्थानीय स्तरमा उपलब्ध बाँसलाई उपयोग गर्दै नागरिकमा रोजगारी सृजना, बाँस सम्बन्धी खोजअनुसन्धान तथा बाँस सम्बन्धी योजनाहरु निर्माण गर्नका लागि सम्मेलनको तयारी गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए ।

    शनिबार काठमाण्डौस्थित बानेश्वरमा राष्ट्रिय बाँस अनुसन्धान तथा प्रवर्द्धन केन्द्रका अध्यक्ष केपी भट्टराईसहित विज्ञहरुकोे उपस्थितिमा भएको भेलाले दिक्तेलमा बाँस सम्मेलनको तयारी गरेको हो । बाँस सम्मेलनका लागि पुर्वमन्त्री गणेश शाहको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ । 

    दिक्तेलमा आयोजना हुने सम्मेलनले स्थानीय स्तरमा उपलब्ध बाँस तथा नेपालका विभिन्न भू–भागमा पाइने बाँसको विकास, व्यावसायिकरण र नागरिकमा रोजगारीको सृजनाका विषयमा सम्मेलनले मार्गनिर्देश गर्ने लक्ष्य लिइएको नगर प्रमुख भट्टराईको भनाई छ ।

    पुर्वमन्त्री गणेश शाह, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, काठमाण्डौ विश्वविद्यालयका बाँस विज्ञ डा. विष्णुमाया केसी, काठमाण्डौं वन विज्ञान क्याम्पसका उपप्राध्यापक डा. हिमलाल श्रेष्ठ, बाँस व्यवसायी प्रणव श्रेष्ठ, बाँस अनुसन्धान विज्ञ संन्तोष दाहाल, बाँस उद्यमी सुनिता म्हेम्हाफुकी, समाजसेवी डा. चिरञ्जीवी भट्टराई, नवकिरण उर्जाका अध्यक्ष गुणराज ढकाल, रामहरी खतिवडालगायतको उपस्थितिमा बाँस सम्मेलनको तयारी थालिएको हो ।

    दिक्तेलमा आयोजना हुन लागेको यो पहिलो राष्ट्रिय बाँस सम्मेलनले बाँसको महत्व, बाँसको विकास, स्थानिय स्तरमा रोजगारी सृजना, व्यावसायिकक सम्भाव्यता तथा बाँस संरक्षण एबम् प्रवर्द्धनका विषयमा महत्वपुर्ण भुमिका खेल्ने लक्ष्य लिएको नगरप्रमुख भट्टराई भनाई छ ।

    “बाँसको अत्याधिक उपयोगिता हुँदाहुँदै पनि यसको सदुपयोग हुन सकेको छैन । बाँसको व्यावसायिक संभावना समेत निकै उच्च छ । बाँसबाट निर्माण सामग्री, फर्निचर, कृषि औजारलगायतका सामानहरू बनाउन सकिन्छ, खपत यही गराउन सकिन्छ, स्वरोजगार तथा उद्यमशीलता प्रवर्द्धनमा योगदान पुर्याउनेछ । यही लक्ष्यकासाथ नगरले आगामी दिनमा यो विषयलाई प्राथमिकता राखेर काम गर्छ” नगर प्रमुख भट्टराईले भने ।

    सम्बन्धित समाचार