Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    फोक्सोको क्यान्सर र ब्रेन ट्युमरबाट पिडित महिलालाई २ लाख ८१ हजार सहयोग

    फोक्सोको क्यान्सर र ब्रेन ट्युमरबाट पिडित महिलालाई २ लाख ८१ हजार सहयोग


    • बुधवार, जेठ २३ २०८१

    • नेपाल वाइड


    फोक्सोको क्यान्सर र ब्रेन ट्युमरबाट पिडित महिलालाई २ लाख ८१ हजार सहयोग

    खोटाङ, २३ जेठ । फोक्सोको क्यान्सर र ब्रेन ट्युमरबाट पिडित महिलालाई उपचार खर्च जुटाइएको छ । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीबाट हाल झापाको बुद्धशान्ती चोक बसाई सरेकी ४२ वर्षीय दुर्गा कार्की बस्नेतको उपचारका लागि २ लाख ८१ हजार ९९१ रुपैयाँ सहयोग जुटाइएको हो ।

    कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र बिष्टको पहलमा १८८ शुभेच्छुकबाट क्यान्सर र ब्रेन ट्युमर पिडित दुर्गालाई उपचार सहयोग रकम जुटेको हो । संकलित रकममध्ये १ लाख १२ हजार भने चिसापानीबजारमा सामुहिक रुपमा संकलन गरिएको हो । संकलन गरिएको रकम अस्पतालमा पुगेर दुर्गाको परिवारलाई हस्तान्तरण गरिएको अभियान्ता एबं कांग्रेस गाउँपालिका सभापति बिष्टले बताए ।

    दुर्गाको फोक्सोमा क्यान्सर भएको पूष्टि भएपछि गत मंसिरदेखि पुर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । फोक्सोमा भएको क्यान्सर जित्ने कोसिस भइरहेकैबेला दुर्गालाई ब्रेन ट्युमरको समस्या थपिएको हो । नियमित टाउको दुखिरहने समस्या देखिएपछि चेकजाँच गराउँदा ब्रेन ट्युमर भएको पत्ता लागेको थियो । 

    help for ill_durga (ii).jpg

    गत जेठ ७ गते दुर्गाको ब्रेन ट्युमरको ट्युमरको शल्यक्रीया गरिएको छ । एकैसाथ क्यान्सर र ब्रेन ट्युमरको समस्याबाट आक्रमणमा परेकी दुर्गाको सहयोगार्थ अन्य आफन्त तथा शुभेच्छुकले पनि सहयोग जुटाइरहेका छन् ।

    सम्बन्धित समाचार