Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    केबीएमको नयाँ र्‍याप ‘मेरो देश नेपाल’ तयार

    केबीएमको नयाँ र्‍याप ‘मेरो देश नेपाल’ तयार


    • मंगलवार, जेठ २२ २०८१

    • नेपाल वाइड


    केबीएमको नयाँ र्‍याप ‘मेरो देश नेपाल’ तयार
    काठमाडौं, २२ जेठ । हिपहप दुनियाँमा उदाउँदै थरेका केबीएम (कर्णबहादुर मोक्तान)ले नयाँ र्‍याप ‘मेरो देश नेपाल’ तयार पारेका छन् । सानै उमेरदेखि गायन क्षेत्रमा सक्रिय मोक्तानले नयाँ र्‍यापको टिजर सार्वजनिक गरेका छन् । गीतको फुल भिडियो जेठ २४ गते साँझ ७ बजे केबीएम जिजि युटुबमार्फत सार्वजनिक गर्ने तयारी गरिएको छ । नयाँ गीतको टिजर सार्वजनिक भएसँगै उनलाई फ्यानहरुले शुभकामना दिइरहेका छन् ।

    गीतमा बिट प्रोडक्सन बोम्ब जर्न, भिडियो प्रोडक्सन फ्ललेस मोसन, कोरियोग्राफर अलिशा गुरुङ र सुदिप भुजेलले गरेका छन् । नृत्यमा सुमित मगर, मणिराज मगर र बिबोइङमा हरि गुर्मछान मगरको भूमिका रहेको छ ।

    मोक्तानले आफ्नो हरेक र्‍यापमा केही न केही सन्देश दिरहेका हुन्छन् । नयाँ र्‍यापमार्फत मोक्तानले देशमा भइरहेको राजनिती, नारीमाथि हुने अवहेलना, पुर्खाको सम्पत्तीमा परिवार धान्नु पर्ने अवस्था, जातीय भेदभाव, बेरोजगार, युवामाथि राजनितीक हस्तक्षेप, बढ्दो भ्रष्टाचार र ठूलाबडाको शरणमा नपरी सोझासिधा जनताको काम नहुने लगाउतका बेथितिलाई भिडियोमा उतारेका छन् ।

    जीवनको तात्पर्य खोज्न मोक्तानले आफ्नै देशमा संघर्ष गरे तर परिवार, समाज र देशको विग्रँदो परिस्थितिको कारण उनी भविष्य खोज्दै जापान पुगे । तर जापान पुगे पनि मन नेपालमै रह्यो । ‘देशमै केही गर्नुपर्छ’ भनेर युवालाई झकझकाउन भिडियो र गीतमा तितो यथार्थ र व्यांग्या समेटिएको मोक्तानले बताए ।

    उनका केही वर्ष अगाडि केबीएम जिजि युटुबमार्फत सार्वजनिक भएका १० वटा र्‍यापहरुले लाखौं भ्यूज बटुलेका छन् । यस अर्थमा उनका सिर्जनाले हिपहप दुनियाँमा राम्रो छाप छाडेको पूष्टि मिल्छ । सानै उमेरमा हिपहप दुनियाँलाई आफ्नो पकडमा राखेर जापानदेखि लोभलाग्दो क्रेज बनाउन सक्नु उनको खुबी हो । 

    भिडियो लिंक-

    सम्बन्धित समाचार