Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सुनकोसीमा गाढी खस्दा ज्यान गुमाएका सिटिइभिटीका तीन कर्मचारीको स्मृति

    सुनकोसीमा गाढी खस्दा ज्यान गुमाएका सिटिइभिटीका तीन कर्मचारीको स्मृति


    • शनिवार, जेठ १९ २०८१

    • नेपाल वाइड


    सुनकोसीमा गाढी खस्दा ज्यान गुमाएका सिटिइभिटीका तीन कर्मचारीको स्मृति

    खोटाङ, १९ जेठ । सुनकोसीमा गाढी खस्दा ज्यान गुमाएका सिटिइभिटीका तीन कर्मचारीको प्रथम स्मृति दिवस मनाइएको छ । गत वर्ष खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित महुरेगढी प्राविधिक शिक्षालय जाने क्रममा सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट लौकुनमा गाडी पल्टिएर सुनकोसीमा खस्दा ज्यान गुमाएका सिटिइभिटीका प्रशासन निर्देशक कृष्ण केसी, योजना निती तथा तर्जुमा निर्देशक एम भुर्तेल र प्राविधिक अधिकृत भानु पौडेलको प्रथम स्मृति दिवस मनाइएको हो ।

    महुरेगढी प्राविधिक शिक्षालयले शनिबार प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईको प्रमुख आतिथ्यता एबं संविधानसभा सदस्य दुर्गाजयन्ती राईको विशेष आतिथ्यतामा प्रथम भानु–यम–कृष्ण स्मृति दिबस मनाएको हो ।

    कार्यक्रममा नुनथलाका वडाध्यक्ष भगेश्वर राई, बुईपाका वडाअध्यक्ष दिनेशकुमार राई, नेकपा एमालेका जिल्ला सदस्य प्रकाश नाछिरिङ्ग राई, पूर्व जिल्ला सदस्य दिनेश साम्पाङ, स्थानीय, जग्गादाता लगायतको उपस्थिति रहेको थियो । उपस्थित अतिथिले गाडी दुर्घटनामा ज्यान गुमाएका तीन कर्मचारीको तस्बीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

    प्राविधिक शिक्षालयको शैक्षिक गतिविधि बारे अन्तरक्रीयाका लागि २०८० जेठ १९ गते काठमाडौंबाट बा १ झ ७४६७ नम्बरको गाडी चढेर खोटाङ जाने क्रममा सिटिइभिटीका तीन कर्मचारी दुर्घटनामा परेका थिए । चालक भने नदीबाट निस्केर ज्यान बचाउन सफल भएका थिए । पौडेल महुरेगढी प्राविधिक शिक्षालयको पुर्व प्राचार्य थिए ।

    सम्बन्धित समाचार