Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पत्रकार भट्टराईलाई केएफए खेलकुद पत्रकारिता पुरस्कार

    पत्रकार भट्टराईलाई केएफए खेलकुद पत्रकारिता पुरस्कार


    • शनिवार, जेठ १२ २०८१

    • नेपाल वाइड


    पत्रकार भट्टराईलाई केएफए खेलकुद पत्रकारिता पुरस्कार

    खोटाङ, १२ जेठ । खोटाङ फुटबल एकेडेमी (केएफए)ले पत्रकार राजकुमार भट्टराईलाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेको छ । सुचन राई स्मृति केएफए दिक्तेल हलेसी मेयर कप आमन्त्रित फुटबल प्रतियोगीता समापनको अवसरमा केएफएले पत्रकार भट्टराईलाई पाँच हजार राशीको केएफए खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

    गोरखापत्र दैनिकमा आवद्ध पत्रकार भट्टराईलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले दोसल्ला ओढाएर पुरस्कार प्रदान गरेका थिए । पत्रकारिताको माध्यमबाट जिल्लाको खेल क्षेत्रको वृत्ति र बिकासमा पुर्‍याएको योगदानको कदर गर्दै पत्रकार भट्टराईलाई पुरस्कृत गरिएको खोटाङ फुटबल एकेडेमीका अध्यक्ष नुरकाजी शैंजूले बताए ।

    २०७५ सालदेखि पत्रकारिता सुरु गरेका भट्टराई जिल्लामा रुपाकोटखबर डटकम सञ्चालन गर्छन् । पत्रकार भट्टराई भ्यूज अफ नेपाल नामक समाचारमुलक पेजमा पनि आवद्ध छन् । फुटबल प्रतियोगीता दिक्तेलको माटिकोरे खेलमैदानमा गत जेठ ९ गते सुरु गरिएको थियो । (भिडियो सहितका समाचार भ्यूज अफ नेपाल पेजमा ...।)

    सम्बन्धित समाचार