शुक्रवार, जेठ ११ २०८१
नेपाल वाइड
खोटाङ, ११ जेठ । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय खोटाङले अनिवार्य निःशुल्क, गुणस्तरिय शिक्षाको अधिकार सम्वन्धी छलफल गरेको छ । आयोगको शाखा कार्यालयले बुधबार साकेला गाउँपालिकाका २८ वटा सामुदायीक विद्यालयका प्रअसँग छलफल तथा अन्तरक्रिया गरेको हो ।
अनिवार्य निःशुल्क, गुणस्तरिय शिक्षाको अधिकार सम्वन्धी छलफल तथा अन्तरक्रियाका लागि आयोगको टोली साकेला गाउँपालिका पुगेको थियो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय खोटाङका उपसचिव गीता दाहालको प्रस्तुतीकरण रहेको थियो । कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख, आयोगका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।