शुक्रवार, जेठ ११ २०८१
नेपाल वाइड
खोटाङ, ११ जेठ । अनेरास्ववियु क्रान्तिकारी खोटाङले दिक्तेल बहुमुखी क्याम्पसलाई नमूना क्याम्पस बनाउन पहल गर्ने निर्णय गरेको छ । अखिल क्रान्तिकारीले जिल्लाकै पहिलो क्याम्पसलाई नमूना बनाउन पहल गर्ने निर्णय गरेको हो ।
२०३७ सालमा स्थापना गरिएको दिक्तेल बहुमुखी क्याम्पसलाई भरपर्दो र सबैको शैक्षिक गन्तव्यस्थल बनाउन पहल गर्ने निर्णय गरिएको अनेरास्ववियु क्रान्तिकारी खोटाङका संयोजक डार्विन चाम्लिङले बताए । यस्तै, आखिल क्रान्तिकारीले एमबीबीएस र इन्जिनियर अध्ययन गर्न सक्ने र चाहने विद्यार्थीलाई छात्रबृत्ति दिलाउनका लागि प्रत्येक स्थानीय सरकार समक्ष पहल गर्ने निर्णय गरेको छ ।
१० स्थानीय तह रहेको खोटाङमा अखिल क्रान्तिकारी र वाइसिएल नेपालको पालिका कमिटि अधिबेसन जेठ मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरिएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एबं संविधानसभा सदस्य दुर्गाजयन्ती राईको प्रमुख आतिथ्यता तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य एबं प्रदेश युवा विद्यार्थी फ्र्याक्सन इन्चार्ज मुकेस मेन्याङ्बो, अखिल क्रान्तिकारीका प्रदेश अध्यक्ष हेमन्त राईको आतिथ्यतामा बसेको बैठकले अखिल क्रान्तिकारी र वाइसिएलको पालिका कमिटि अधिबेसनको मिति निश्चित गरेको हो ।
पालिका कमिटिको अधिबेसन, भेला तथा प्रशिक्षणका लागि जिम्मेवारी बाँडफाँड गरिएको बुधबार संयुक्त पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ ।
अखिल क्रान्तिकारीको पालिका अधिबेसन गर्नका लागि ऐसेलुखर्क गाउँपालिकामा रविन खम्बु र सार्जन वन, केपिलासगढी गाउँपालिकामा डार्विन चाम्लिङ, रावाबेँसी गाउँपालिकामा चित्रबहादुर श्रेष्ठ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा लक्ष्मी राई, हलेसी तुवाचुङ नगरपालिकामा सुजन राई, साकेला गाउँपालिकामा भुवन आचार्य, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा रमिला वास्तोला, खोटेहाङ गाउँपालिकामा आदेश थापा, बराहपोखरी गाउँपालिकामा डार्विन चाम्लिङ र जन्तेढुंगा गाउँ पालिकामा उमेश भट्टराईलाई जिम्मेवारी प्रदान गरिएको छ ।
यस्तै, सुभलाल राई (आदेश) र दिपेश राईलाई केपिलासगढी गाउँपालिका, शरद राई र धनन्जय राईलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रबिणा राई र नारायन राईलाई साकेला गाउपालिका, चेतु विकल राई र किसान राईलाई बराहपोखरी गाउँपालिकाको अधिबेसन गर्ने जिम्मेवारी प्रदान गरिएको छ ।
यस्तै, प्रभात राईलाई जन्तेढुंगा गाउँपालिका, किसान राईलाई दिप्रुङ चुईचुम्मा गाउँपालिका, सुदिप राईलाई ऐसेलुखर्क गाउँपालिका, देशकुमार राई र सुजेन राईलाई हलेसी तुवाचुङ नगरपालिका, दिनेश राई र शरद राईलाई खोटेहाङ गाउँपालिका तथा सुभलाल राई आदेश र सुजेन राईलाई रावाबेँसी गाउँपालिकाको अधिबेसन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ ।
यस्तै, खोटाङ जिल्ला वैदेसिक बिभाग प्रमुख डिल्लीराम खत्रीलाई दिइएको वाइसिएल जिल्ला संयोजक किसान राई र अखिल क्रान्तीकारीका जिल्ला संयोजक डार्विन चाम्लिङले जारी गरेको विज्ञाप्तीमा उल्लेख छ ।