Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    ‘वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितीक तथा पर्यटन महोत्सव’

    गायन प्रतियोगितामा मिलन बिश्वकर्मा प्रथम

    गायन प्रतियोगितामा मिलन बिश्वकर्मा प्रथम


    • आइतवार, जेठ ६ २०८१

    • नेपाल वाइड


    गायन प्रतियोगितामा मिलन बिश्वकर्मा प्रथम

    खोटाङ, ६ जेठ । खोटाङमा आयोजित १८ वर्षमुनिको राष्ट्रिय गायन प्रतियोगितामा मिलन बिश्वकर्माले प्रथम स्थान हासिल गरेका छन् । ‘वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितीक तथा पर्यटन महोत्सव’ अन्तरगत दिक्तेलमा आइतबार आयोजना गरिएको गायन प्रतियोगितामा बिश्वकर्माले २९ प्रतियोगीमध्येबाट प्रथम स्थान प्राप्त गरेका हुन् ।

    दिक्तेलको माटिकोरेस्थित खेलकुद विकास समितिको कबर्डहलमा आयोजना गरिएको प्रतियोगीतामा सुदिप विश्वकर्माले दोश्रो, कञ्चन राईले तेश्रो, अदिति शाक्यले चौथो र डेनिस राईले शान्त्वना स्थान प्राप्त गरेका छन् । प्रथम, दोश्रो, तेश्रोदेखि पाँचौं स्थान प्राप्त गर्ने प्रतिभालाई क्रमशः नगद ४० हजार, २५ हजार, १७ हजार, ११ हजार र ७ हजारका साथमा मेडल तथा प्रमाण–पत्र प्रदान गरिएको छ ।

    नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजनामा बैसाख ३१ गतेदेखि जेठ १० गतेसम्म हुने ‘वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितीक तथा पर्यटन महोत्सव’कै एक भागको रुपमा गायन प्रतियागीता गरिएको हो ।

    प्रतिष्ठानले खोटाङ कलाकार समाजसँगको सहकार्यमा गायन प्रतियोगीता गरेको हो । गायन प्रतियोगितामा २९ जनाले भाग लिएका थिए । पहिलो चरणबाट दोस्रो चरणमा पुगेका १५ जनामध्येबाट उत्कृष्ट ५ छनौट गरिएको खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राईले बताए ।

    विजेता प्रतिभालाई प्रमुख अतिथिकारुपमा गीतकार तथा कोशी प्रदेशको पूर्व सामाजिक विकास मन्त्री राजन राईले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगीतामा वरिष्ठ सङ्गीतकार महेश खड्का, गायिका पार्वती राई र गायक तथा सङ्गीतकार रोशन राईले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

    सङ्गीतकार खड्का र गायिका राई सम्मानित

    नेपाल खेलकुद प्रतिष्ठान खोटाङले वरिष्ठ सङ्गीतकार महेश खड्का र गायिका पार्वती राईलाई सम्मान गरेको छ । खोटाङमा जन्मिएर नेपाली साङ्गीतिक क्षेत्रमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै ७ हजार ७७७ नगदसहित सम्मान गरिएको हो ।

    महोत्सवकै अन्तिम श्रृंखलाको रुपमा जेठ ८ गतेदेखि जेठ १० गतेसम्म राष्ट्रिय कराते प्रतियोगीता गर्ने तालिका निर्धारण गरिएको छ । महोत्सव अन्तरगत गत बैसाख २९ गते हाफ म्याराथन सहितका एथ्लेटिक्स र जेठ ३ गते राष्ट्रिय कविता प्रतियोगीता गरिएको थियो ।

    जिल्लामा ‘स्पोर्ट कल्चर’को विकास गर्दै विभिन्न विद्याका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुर्‍याउने लक्ष्यका साथ महोत्सव गरिएको प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले बताए ।

    सम्बन्धित समाचार