Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    लफ्याङः स्वास्थ्य शिबिरमार्फत १९ जनालाई अपांगताको परिचय–पत्र

    लफ्याङः स्वास्थ्य शिबिरमार्फत १९ जनालाई अपांगताको परिचय–पत्र


    • सोमवार, बैशाख २४ २०८१

    • नेपाल वाइड


    लफ्याङः स्वास्थ्य शिबिरमार्फत १९ जनालाई अपांगताको परिचय–पत्र

    खोटाङ, २४ बैसाख । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा आयोजना गरिएको ‘स्वास्थ्य परीक्षण, अपांगता परिचय–पत्र वितरण तथा आवश्यकता पहिचान’ शिबिरमा १९ जनालाई अपांगताको परिचय–पत्र वितरण गरिएको छ ।

    प्रदेश सरकार, स्थानीय तह र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारी र राष्ट्रिय अपांग महासंघको प्राविधिक साझेदारीमा सञ्चालित अपांगता रोकथाम तथा पुःर्नस्थापना कार्यक्रम अन्तरगत सोमबार लफ्याङमा शिबिर आयोजना गरिएको हो ।

    वडा कार्यालयमा आयोजना गरिएको शिबिरमा ३९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । १०८ जनाको आँखा जाँच गर्नुका साथै १०३ जनालाई औषधि वितरण गरिएको लफ्याङका वडाध्यक्ष दिनेश घिमिरेले जानकारी दिए । यस्तै, २३ जनाको कानको जाँच र ४४ जनाको फिजियोथेरापी गरिएको छ । शिबिरमा ३ जनालाई ह्वील चेयर, ४ जनालाई कमोड चेयर, ६ जनालाई मोडिफाइड सुज, २ जनालाई ट्रयाकिङ स्टीक र १ जनालाई स्प्लीन्ट प्रदान गरिएको छ ।

    बैसाख १३ गते पाथेकाबाट सुरु गरिएको शिबिर आगामी बैसाख २७ गते दिक्तेलमा टुंगिने नगरपालिकाका महिला, वालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख इरन राईले बताईन् ।

    सम्बन्धित समाचार