Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    एकिकृत अखिल नेपाल शिक्षक संगठन खोटाङको अध्यक्षमा ढकाल 

    एकिकृत अखिल नेपाल शिक्षक संगठन खोटाङको अध्यक्षमा ढकाल 


    • शनिवार, बैशाख २२ २०८१

    • नेपाल वाइड


    एकिकृत अखिल नेपाल शिक्षक संगठन खोटाङको अध्यक्षमा ढकाल 
    भवकृष्ण ढकालको अध्यक्षतामा निर्वाचित एकिकृत अखिल नेपाल शिक्षक संगठन खोटाङको जिल्ला कार्यसमितिका पदाधिकारीहरु ।

    खोटाङ, २२ बैशाख । एकिकृत अखिल नेपाल शिक्षक संगठन खोटाङको अध्यक्षमा भवकृष्ण ढकाल चयन हुनुभएको छ । शनिवार दिक्तेलस्थित सरस्वती माविको सभाहलमा सम्पन्न छैठौ जिल्ला अधिवेशनले ढकाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

    ४१ सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा गोविन्द कटवाल, सचिबमा शुवास राई, अर्थ सचिवमा चक्र राई चयन हुनुभएको भएको संगठनका पुर्वअध्यक्ष कृष्ण गुरुङले जानकारी दिए । अधिवेसनकाक्रममा २६ जना पुर्व शिक्षकहरुहरुलाई सम्मान गरिएको छ ।

    लामो समय शिक्षण पेशामा रहि शिक्षा क्षेत्रमा योगदान पुर्‍याउनु हुने जयप्रसाद आचार्य, देविप्रसाद रिजाल, झनक थापा, नरेन्द्र निर्विकार, रुपनारायण दाहाल, रघुनन्द राई, धनपती भटराई, किरण राई, पहलसेर राई, मनविक्रम राई, भगसेर राई, प्रतिमान राई, ज्ञानकुमार श्रेष्ठ, सुर्य बहादुर थापा, नरेश कुमार राई, सारादा ढकाल, पदम बहादुर विश्वकर्मा, बसन्त राई, केशब खडका, स्याम कुमार राई, हरि राई, हिमाल भत्त राई र धनराज राईलाई सम्मान गरिएको हो ।

    नेकपा माओवादी केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठन खोटाङको छैटौ जिल्ला संम्मेलन संगठनका केन्द्रिय अध्यक्ष संकर अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

    एकिकृत अखिल नेपाल शिक्षक संगठन खोटाङ र प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनबीच समायोजन

    यसैबीच, नेकपा माओवादी निकट एकिकृत अखिल नेपाल शिक्षक संगठन खोटाङ र नेकपा एकिकृत समाजबादी पार्टी नेपाल निकट प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनबीच समायोजन भएको छ ।

    प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङका अध्यक्ष गोविन्द कटुवालले विज्ञप्ती जारी गर्दै दुई संगठनबीच एकता गरिएको जानकारी दिएका छन् । एकिकृत अखिल नेपाल शिक्षक संगठन खोटाङको छैटौ अधिबेसनकाकाक्रममा दुई शिक्षक संगठनबीच समायोजन भएको हो । 

    ‘शैक्षिक परिवर्तनको निमित्त साझा विचार र भावना मिल्ने पेशागत संगठनसँग एकताबद्ध हुन आवश्यक भएकाले प्रगतिशि नेपाल राष्ट्रिय शिक्षक संगठन र एकिकृत अखिल नेपाल शिक्षक संगठन खोटाङबीच एकता गर्ने घोषणा गर्दछ’ अध्यक्ष गोविन्द कटवालद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

    संगठन समायोजनकाक्रममा प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङका जिल्ला अध्यक्ष गोविन्द कटवाल, कोशी प्रदेश उपाध्यक्ष देवराज सापकोटा, जिल्ला कोषाध्यक्ष धनकुमारी चौलागाँई, जिल्ला सदस्य शिव खड्का, सदस्य दिनेश तामाङ र सदस्य रेणुका राई एकिकृत अखिल नेपाल शिक्षक संगठन खोटाङमा समायोजन हुनुभएको छ ।

    एकता भई समायोजन हुनु भएका शिक्षकहरुलाई जिम्मेवारी समेत प्रदान गरिएको एकिकृत अखिल नेपाल शिक्षक संगठन खोटाङका पुर्वअध्यक्ष कृष्ण गुरुङले बताए ।

    प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्षलाई जिल्ला उपाध्यक्ष र प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश कमिटिका वरिष्ठ उपाध्यक्ष देवराज सापकोटालाई हालका लागि प्रदेश सदस्यको जिम्मेवारी तोकिएका छ भने अन्य पदाधिकारीहरुलाई जिल्ला कार्यसमितिमा समायोजन गरिएको पुर्वअध्यक्ष गुरुङले जानकारी दिए ।

    eaa.jpg
    प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङ अध्यक्ष गोविन्द कटुवालद्धारा जारी विज्ञप्ती ।

    सम्बन्धित समाचार