Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    डढेलोका कारण खोटाङमा चार घर खरानी

    डढेलोका कारण खोटाङमा चार घर खरानी


    • बुधवार, बैशाख १९ २०८१

    • नेपाल वाइड


    डढेलोका कारण खोटाङमा चार घर खरानी
    तस्बीरः नमस्ते खोटाङ

    खोटाङ, १९ बैसाख । खोटाङमा छुट्टाछुट्टै स्थानमा लागेको डढेलोका कारण चार घर खरानी भएको छ । स्थानीय खोप जंगलमा लागेको डढेलोको झिल्कोले बैसाख १९ गते खोटेहाङ गाउँपालिका–८ सिमपानी बर्रेका पदमबहादुर अधिकारीको एक तले दुई वटा घर र हाल बिराटनगर बसिरहेका कुमार गेलालको एक तले घर जलेको हो ।

    यस्तै, तुवाचुङ सामुदायीक वनमा लागेको डढेलोका कारण हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान लोकेबरका पञ्चशेर राईको दुई तले घर जलेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    अधिकारीको दुई वटा घर, घरभित्र रहेको अन्नपात, भाँडावर्तन, काठपात र एउटा गोठ जल्दा करिब १० लाख ८५ हजार बराबरको क्षती भएको छ ।

    यस्तै, राईको घर, काठपात, अन्नपात, लत्ताकपडा लगायत जल्दा करिब ५ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिए ।

    सम्बन्धित समाचार