Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पत्रकार शेर्पालाई आदिवासी जनजाती महासंघको सम्मान

    पत्रकार शेर्पालाई आदिवासी जनजाती महासंघको सम्मान


    • बुधवार, बैशाख १९ २०८१

    • नेपाल वाइड


    पत्रकार शेर्पालाई आदिवासी जनजाती महासंघको सम्मान

    खोटाङ, १९ बैसाख । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङले पत्रकार चिसाङ शेर्पालाई सम्मान गरेको छ । निष्पक्ष पत्रकारिताको माध्यमबाट जिल्लाका आदिवासी जनजातीको सवाल लगायतलाई उजागर गर्नमा योगदान पुर्‍याएको भन्दै आदिवासी जनजाती महासंघले पत्रकार शेर्पालाई सम्मान गरेको हो ।

    बुधबार सुरु चौथो जिल्ला अधिबेसनको अवसर पारेर आदिवासी जनजाती महासंघले पत्रकार शेर्पालाई नगद पाँच हजार राशी सहित सम्मान–पत्र प्रदान गरेको छ ।

    दिक्तेलस्थित जिल्ला समन्वय समितिको समिक्षालय हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघ संघीय परिषद सचिवालय उपमहासचिव रामकृष्ण व्लोन तामाङले पत्रकार शेर्पालाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

    पत्रकारिताको माध्यमबाट आदिवासी जनजातिको पक्षमा शसक्त कलम चलाएकामा शेर्पालाई उत्कृष्ट पत्रकारका रुपमा सम्मान गरिएको नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष फुर्वा दोर्ची शेर्पाले बताए ।

    २०६५ सालदेखि पत्रकारितामा क्रियासिल शेर्पा हाल नेपाल पत्रकार महासंघ जिल्ला शाखाका सह–सचिव छन् । समायोजनखबर डटकमका सञ्चालक रहेका शेर्पा एपीवान टिभी, हिमालय टाम्इस र सुर्योद्धय टिभीमा कार्यरत छन् ।

    आदिवासी जनजाती महासंघको तेश्रो जिल्ला अधिबेसनमा पत्रकार दमन राईलाई सम्मान गरिएको थियो ।

    सम्बन्धित समाचार