Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मोटरसाईकल दुर्घटनामा खोटाङका पत्रकार नविनकाजी गम्भीर घाईते

    मोटरसाईकल दुर्घटनामा खोटाङका पत्रकार नविनकाजी गम्भीर घाईते


    • शनिवार, बैशाख १५ २०८१

    • नेपाल वाइड


    मोटरसाईकल दुर्घटनामा खोटाङका पत्रकार नविनकाजी गम्भीर घाईते

    खोटाङ, १५ बैसाख । मोटरसाईकल दुर्घटनामा खोटाङका पत्रकार नविनकाजी राई गम्भीर घाईते भएका छन् । काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका पत्रकार राई शुक्रबार राती दरबारमार्गमा भएको मोटरसाईकल दुर्घटनामा परि गम्भीर घाईते भएका हुन् ।

    टाउकोमा गम्भीर चोट लागेका पत्रकार राईको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ । बेहोस अवस्थामा अस्पताल पुर्‍याइएका पत्रकार राईको टाउकोको शल्यक्रिया गरिएको छ ।

    पत्रकार राईलाई ट्रमा सेन्टरबाट केएमसीमा लगिएको हो । उनको होस अझै खुलेको छैन । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार घर भएका पत्रकार राई हाल नेपालप्रेसमा कार्यरत छन् । मोटरसाईकलको पछाडि बसेको अवस्थामा उनी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार