शुक्रवार, बैशाख १४ २०८१
नेपाल वाइड
खोटाङ, १३ बैसाख । डढेलोले खोटाङमा ६ वटा घर र मतान जलेको छ । सल्लेपोखरी पाखा सामुदायिक वनमा लागेको डढेलोले शुक्रबार दिउँसो हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका मदनकुमार थापा, खगेन्द्र विक, गोपाल बहादुर थापा, ईन्द्रबहादुर थापा र झनबहादुर थापाको घर र मतान जलेको हो ।
यस्तै, भेषबहादुर रानाको घर र योगबहादुर रानाको मतान जलेको सल्लेका वडाध्यक्ष काशीराज राईले बताए ।
सामुदायिक वनमा लागेको डढेलोको झिल्को हावाले उडाएर गाउँमा ल्याउदा घर र मतान खरानी भएको हो । डढेलोले घर जलेको जानकारी आएलगत्तै इलाका प्रहरी कार्यालय महादेवस्थान र प्रहरी चौकी अर्खौलेबाट प्रहरीको टोली खटाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए ।
डढेलोका कारण सल्ले पोखरी आसपासका घरहरु जोखिममा छन् ।