बिहिवार, बैशाख १३ २०८१
नेपाल वाइड
खोटाङ, १३ बैसाख । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा आयोजना गरिएको ‘स्वास्थ्य परीक्षण, अपांगता परिचयपत्र वितरण तथा आवश्यकता पहिचान’ शिबिरमा २७६ स्थानीय लाभान्वित भएका छन् ।
प्रदेश सरकार, स्थानीय तह र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारी र राष्ट्रिय अपांग महासंघको प्राविधिक साझेदारीमा सञ्चालित अपांगता रोकथाम तथा पुःर्नस्थापना कार्यक्रम अन्तरगत बिहिबार पाथेकामा शिबिर आयोजना गरिएको हो ।
शिबिरमा ७ जनालाई अपांगताको परिचय–पत्र वितरण, ३८ जनाको अपंगता स्वास्थ्य परिक्षण, १४३ जनाको आँखा जाँच, ९३ जनालाई चश्मा वितरण, १४३ जनालाई औषधि वितरण, २४ जनाको फिजियोथेरापी गरिएको छ ।
यस्तै, एक जनालाई ह्वीलचेयर, ४ जनालाई क्यान लट्ठी, २ जनालाई विशेष जुत्ता, एक जनालाई वाकर र एक जनालाई श्रवण यन्त्र प्रदान गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका महिला, वालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख इरन राईले जानकारी दिएकी छन् ।

शिबिरमा जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. पुस्कल राई, अरुणा फाउण्डेसनका फिजियोथेरापिष्ट डा. इश्वर तिमिल्सिना, अडियो टेक्निेसियन आशाराम चौधरी र बी अप्टम व्याचलर अफ अप्टोमेट्री सत्यजित सिन्हाको टोलीले सेवा दिएका थिए ।
नगरका १५ वटै वडामा सञ्चालन हुने शिबिर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले उद्घाटन गरेका थिए । पाथेकाबाट सुरु गरिएको शिबिर आगामी बैसाख २७ गते दिक्तेलमा टुंगिने नगरपालिकाले जनाएको छ ।