आइतवार, बैशाख ९ २०८१
नेपाल वाइड
खोटाङ, ९ बैसाख । खोटाङमा डढेलोले गोठ जल्दा ६ वटा गाई जलेर मरेको छ । आइतबार दिउँसो हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको मनदत्तास्थित अम्बिका कार्कीको गोठ जल्दा ६ वटा गाई डढेर मरेको छ ।
आगलागीमा चार वटा गाई डढेर घाईते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिए । स्थानीय महंकला सामुदायीक वनमा लागेको डढेलो अनियन्त्रीत हुँदा कार्कीको गोठ जलेको हो ।
डढेलोले कार्कीको टिनको छानो भएको भान्छा घर समेत जलेको छ । गोठ, भान्छा घर, भाँडाकुँडा, गाई लगायत जल्दा कार्कीको करिब पाँच लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ । आगो प्रहरी र स्थानीयबासीले नियन्त्रणमा लिएका थिए ।