शनिवार, बैशाख ८ २०८१
नेपाल वाइड
खोटाङ, ८ बैसाख । नेकपा एमाले जन्तेढुंगा गाउँपालिका कमिटिले शहीद प्रभुनाथ भट्टराईको १९ औं स्मृति दिवस मनाउने तयारी गरेको छ । एमाले गाउँपालिका कमिटिले आगामी बैसाख १३ गते शहीद भट्टराईको परिवारलाई सम्मान, अन्तर वडा स्तरीय पुरुष भलिबल, डोरी तान्ने, हण्डीफोर, म्युजिकल चेयर तथा एकल र सामुहिक नृत्य प्रतियोगीता गर्दै स्मृति दिवस मनाउने तयारी गरेको हो ।
जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित प्रभुचोक कुइभिरमा एमालेका पोलिटब्यूरो सदस्य बिशाल भट्टराईको प्रमुख आतिथ्यता तथा खोटाङ जिल्ला अध्यक्ष देवविक्रम राईको विशेष आतिथ्यतामा शहीद भट्टराईको स्मृति दिवस मनाउने तयारी गरिएको हो ।
भलिबलतर्फ प्रथम, दोश्रो र तेश्रो हुने टिमलाई क्रमशः १५ हजार, १० हजार र ५ हजारका साथमा प्रमाण–पत्र प्रदान गरिने एमाले जन्तेढुंगा गाउँपालिका कमिटि अध्यक्ष याम राईले जानकारी दिए । यस्तै, नृत्यतर्फ प्रथम, दोश्रो र तेश्रो हुने प्रतियोगीलाई क्रमशः ३ हजार, २ हजार र १ हजार प्रदान गरिने छ ।
डोरी तान्ने प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने विजेतालाई ५ हजार, हण्डिफोर विजेतालाई एक हजार पाँच सय र म्यूजिकल चेयरका विजेतालाई एक हजार पाँच सय प्रदान गर्ने तयारी गरिएको छ । प्रतियोगीताका लागि बैसाख ११ गतेसम्ममा टिम गर्दा गरिसक्नुपर्ने एमाले जन्तेढुंगा गाउँपालिका कमिटिले जनाएको छ ।