Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    युगकवि सिद्धिचरण पुरस्कार प्राध्यापक डा. ठाकुर र युवा पत्रकारिता पुरस्कार कार्कीलाई

    युगकवि सिद्धिचरण पुरस्कार प्राध्यापक डा. ठाकुर र युवा पत्रकारिता पुरस्कार कार्कीलाई


    • मंगलवार, बैशाख ४ २०८१

    • नेपाल वाइड


    युगकवि सिद्धिचरण पुरस्कार प्राध्यापक डा. ठाकुर र युवा पत्रकारिता पुरस्कार कार्कीलाई
    प्राध्यापक डा. उषा ठाकुर र पत्रकार नवराज कार्की ।

    ओखलढुंगा, ४ बैसाख । युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण पुरस्कार २०८१ प्राध्यापक डा. उषा ठाकुरलाई र युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार नवराज कार्कीलाई प्रदान गर्ने घोषणा गरेको छ ।

    प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै तीन दशकदेखि युगकविका कृतित्व र व्यक्तित्वका बारेमा अध्ययन तथा अनुसन्धान गरी देशविदेशमा सुयश फैलाउन विशिष्ट योगदान पुर्‍याएवापत प्राध्यापक डा. ठाकुरलाई युगकवि सिद्धिचरण पुरस्कार २०८१ प्रदान गर्न लागिएको जानकारी दिएको छ ।

    यस्तै ओखलढुंगामा बसेर डेढ दशक अघिदेखि पत्रकारिता क्षेत्रमा अनवरत योगदान गरेवापत पत्रकार कार्कीलाई युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।

    प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाको अध्यक्षतामा बसेको बैठकले युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औँ जन्मजयन्तीको अवसरमा आउँदो जेठ ९ गते विशेष कार्यक्रम गरी पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

    प्रतिष्ठानले उपाध्यक्ष प्राध्यापक डा. मोहन लोहनीको संयोजकत्वमा सदस्यद्वय प्राध्यापक डा. अभि सुवेदी र प्राध्यापक डा. जयराज आचार्यसहित तीन सदस्यीय पुरस्कार छनोट समिति गठन गरेको थियो । समितिको सिफारिसलाई प्रतिष्ठानको बैठकले अनुमोदन गरी निर्णय सार्वजनिक गरेको हो ।

    सम्बन्धित समाचार