Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    एमाले खोटाङको निर्वाचित पदाधिकारी र सदस्य को–को हुन् ?

    एमाले खोटाङको निर्वाचित पदाधिकारी र सदस्य को–को हुन् ?


    • शनिवार, बैशाख १ २०८१

    • नेपाल वाइड


    एमाले खोटाङको निर्वाचित पदाधिकारी र सदस्य को–को हुन् ?

    खोटाङ, ३० चैत । नेकपा एमाले खोटाङको अध्यक्षमा देवबिक्रम राई विजयी भएका छन् । आठौं जिल्ला अधिबेसनको शुक्रबार सम्पन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी रामप्रसाद दंगाललाई १५२ मतले पछि पार्दै राई अध्यक्षमा निर्वाचित भएका हुन् । राई ३३९ मत ल्याएर विजयी भएका हुन् । पराजित दंगालले १८७ मत ल्याएका थिए । दंगाल वर्तमान अध्यक्ष तथा राई उपाध्यक्ष हुन् ।

    जिल्लामा एमालेको अधिबेसनमा नेतृत्व चयन गर्न पहिलोपल्ट निर्वाचन भएको हो । अधिबेसनबाट ५ पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटि निर्माण भएको छ ।

    उपाध्यक्षमा कुमारप्रसाद आचार्य निर्वाचित भएका छन् । आचार्यले ३५८ मत पाउँदा अर्का प्रत्यासी उपिनकुमार राईले १३४ मत पाएका छन् । सचिवमा सुरेन्द्रकुमार राई निर्विरोध निर्वाचित भएका छन् ।

    उपसचिवमा राजनकुमार बञ्जरा निर्वाचित भएका छन् । बञ्जराले १४० मत ल्याएका छन् । उपसचिवमा प्रतिष्पर्धा गरेका गीरेन्द्रबहादुर राईले १३५ मत, चक्रबहादुर राई (दिलचक्र)ले ६२ मत, दिनेशकुमार राईले ४९ मत, गोपिकृष्ण खड्काले ३३ मत, युवराज रिजालले २४ मत र कमल ढकालले २३ मत प्राप्त गरेका छन् ।

    महिला उपसचिवमा कविता राई विजयी भएका छन् । उनी सबैभन्दा बढी ४१२ मत ल्याएर विजयी भएकी हुन् । अर्का प्रत्यासी भगवती प्रधानले ८९ मत पाएकी छन् । बुवाको निधन भएका कारण कविता भने अधिबेसनमा अनुपस्थित थिईन् । अधिबेसनमा ५६६ प्रतिनिधिमध्ये ५३९ मत खसेको थियो ।

    राईलाई पोलिटव्यूरो सदस्य बिशाल भट्टराई, प्रदेश कमिटि उप–सचिव देवान राई, अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य एबं कोसी प्रदेश इन्चार्ज बिणादेबी राई लगायतको साथ थियो । दंगाललाई केन्द्रीय सदस्य उषाकला राई, रमेश पौडेल, खगेन्द्र राई लगायतको साथ रहेको थियो । जिल्लाका केन्द्रीय नेताहरुले अधिबेसनलाई आफ्नो शक्ती परीक्षण गर्ने ‘टुल्स’को रुपमा पनि उपयोग गरेका छन् ।

    यी हुन् जिल्ला कमिटि सदस्यहरु

    भौगोलिक क्षेत्रमा ऐसेलुखर्क गाउँपालिकाबाट कृष्णबहादुर राई, टेकेन्द्र राजभण्डारी र फूलकमल राई जिल्ला कमिटि सदस्य निर्वाचित भएका छन् । महिलातर्फ निलु थुलुङ राई र लक्ष्मी गुरुङ तथा युवामा डेबिट राई निर्विरोध भएका छन् ।

    केपिलासगढी गाउँपालिकाबाट खगेन्द्र राई र जीवनकुमार गिरी, महिलाबाट मैयाँ सुनुवार र लहमदिकी शेर्पा तथा युवाबाट लक्ष्मीप्रसाद राई निर्विरोध भएका छन् ।

    रावाबेँसी गाउँपालिकाबाट बाबुराम जोशी र लिलानाथ निरौला, महिलाबाट कौशिलाकुमारी गुरुङ तथा युवाबाट खेमराज राई निर्विरोध भएका छन् ।

    हलेसी तुवाचुङ नगरपालिकाबाट भुगोलमा किशोरकुमार श्रेष्ठ, कुमार बुढाथोकी, दिपककुमार कार्की, रसकुमार राई, सर्वधन बस्नेत, महिलातर्फ उर्मिला बिक, कुन्ताकुमारी बुढाथोकी र टार्मिला राई तथा युवाबाट रबिन साम्पाङ राई निर्विरोध भएका छन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट इन्द्रप्रसाद आचार्य, टंकप्रसाद आचार्य, निरबहादुर राई, प्रेम खनाल, बिरेन्द्रप्रसाद ढकाल, रामसिं राई, सुमन राई, महिलाबाट धनकुमारी श्रेष्ठ, पुर्णमायाँ तामाङ, मणिशोभा राई, मायाँदेबी ढुंगाना र राजकुमारी राई तथा युवाबाट रमेश राई निर्विरोध भएका छन् ।

    साकेला गाउँपालिकाबाट आश्विनचन्द्र राई, शिवकुमार बस्नेत र महिलाबाट सुस्मा राई निर्विरोध भएका छन् ।

    दिप्रुङ चुईचुम्मा गाउँपालिकाबाट इन्द्रबहादुर तामाङ, निर्मलकुमार राई, रमेश पौडेल र बिनोद राई, महिलाबाट अरुणा थापा मगर, इन्द्राकुमारी राई र कला परियार तथा युवाबाट राजदेश राई निर्विरोध भएका छन् ।

    खोटेहाङ गाउँपालिकाबाट खड्गबहादुर कार्की, गोपिकृष्ण राई, पाइमान राई, प्रदिप राई, राजकुमार राई र शिवप्रसाद फुयाँल, महिलाबाट कमला गेलाल, कल्पना केसी र रञ्जु परियार तथा युवाबाट पुष्कल राई निर्विरोध भएका छन् ।

    बराहपोखरी गाउँपालिकाबाट दीर्घबहादुर मगर, शिवकुमार श्रेष्ठ, महिलातर्फ संगीता तामाङ र युवाबाट फौदराज राई निर्बिरोध भएका छन् । जन्तेढुंगा गाउँपालिकाबाट चन्द्रकुमार राई, तिलकबहादुर बस्नेत र महिलातर्फ बिमला राई निर्विरोध भएका छन् ।

    समावेसी आदिबासी जनजाती सदस्यतर्फ जुद्धबहादुर पुलामी निर्वाचित भएका छन् । युवातर्फ प्रकाश नाछिरिङ र महिलातर्फ सन्तोष राई निर्बिरोध भएका छन् ।

    दलित सदस्यतर्फ रमेश परियार प्यासी र महिलातर्फ रेखा रम्तेल निर्वाचित भएका छन् । दलित युवाबाट दिपक ठटाल, अल्पसंख्यकबाट सम्मरबहादुर भुजेल र महिलाबाट चन्द्रकला भुजेल निर्बिरोध भएका छन् ।

    खुला क्षेत्र महिलामा कुसुम राई, प्रतिमा बिष्ट पौडेल, पुण्यकुमारी मगर र हिराकुमारी वन गिरी निर्वाचित भएका छन् । खुला सदस्यमा अनिश कार्की, आशिष राई, जगत राई, लोकेन्द्र राई र सनमान खड्का निर्वाचित भएका छन् । खुला क्षेत्रमा युवाबाट रिजन भुजेल र बिरेन्द्र मगर निर्बिरोध भएका छन् ।

    लेखा कमिटि अध्यक्षमा पौडेल

    लेखा कमिटि अध्यक्षमा उमेश पौडेल निर्विरोध भएका छन् । उपाध्यक्षमा निर्मला थापा आचार्य निर्वाचित भएकी छन् । सचिवमा जोसेफ रिजाल, सदस्यमा सन्तोष राई र बबिता राई, महिला सदस्यमा समला राई र रेजिना आचार्य निर्बिरोध भएकी छन् ।

    अधिबेसन बुधबार एमाले केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उद्द्धघाटन गरेकी थिईन् ।

    सम्बन्धित समाचार