Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेकपा एमाले खोटाङको उपसचिवका लागि सात जना चुनावी मैदानमा

    नेकपा एमाले खोटाङको उपसचिवका लागि सात जना चुनावी मैदानमा


    • शुक्रवार, चैत्र ३० २०८०

    • नेपाल वाइड


    नेकपा एमाले खोटाङको उपसचिवका लागि सात जना चुनावी मैदानमा

    खोटाङ, ३० चैत । नेकपा एमाले खोटाङको उपसचिवमा सात जना चुनावी मैदानमा उत्रिएका छन् । एक जना उपसचिव पदका लागि सात जनाले मनोनयन दर्ता गरेका हुन् ।

    निर्वाचन कमिटिका अनुसार उपसचिवका लागि कमल ढकाल, गीरेन्द्रबहादुर राई, गोपिकृष्ण खड्का, चक्रबहादुर राई (दिलचक्र), दिनेशकुमार राई, राजनकुमार बञ्जरा र युवराज रिजाल उठेका छन् । गोपालचन्द्र आचार्यले भने उम्मेदवारी फिर्ता लिएका थिए । यस्तै, महिला उपसचिवमा कविता राई र भगवती प्रधानको उम्मेदारी दर्ता भएको प्रमुख निर्वाचन अधिकृत लालप्रसाद घिमिरेले बताए ।

    एमालेको अध्यक्षका लागि वर्तमान अध्यक्ष रामप्रसाद दंगाल र उपाध्यक्ष देवबिक्रम राई चुनावी मैदानमा उत्रिएका छन् । उपाध्यक्षमा उपिनकुमार राई र कुमार आचार्य आमने सामने भएका छन् । सचिवमा सुरेन्द्रकुमार राई निर्विरोध चयन भएका छन् । एमाले खोटाङको इतिहासमा नेतृत्व चयनका क्रममा पहिलोपल्ट निर्वाचन भएको हो ।

    सम्बन्धित समाचार