Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    एमाले खोटाङको अधिबेसनः नेतृत्व चयनका लागि रस्साकस्सी

    एमाले खोटाङको अधिबेसनः नेतृत्व चयनका लागि रस्साकस्सी


    • बुधवार, चैत्र २८ २०८०

    • नेपाल वाइड


    एमाले खोटाङको अधिबेसनः नेतृत्व चयनका लागि रस्साकस्सी

    खोटाङ, २८ चैत । नेकपा एमाले खोटाङ आठौं जिल्ला अधिबेसनमा प्रवेश गरेको छ । दिक्तेलमा बुधबार र बिहिबार हुने जिल्ला अधिबेसन एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा एमालेका स्थायी कमिटि सदस्य एबं पुर्वमुख्यमन्त्री शेरधन राई, पोलिटव्यूरो सदस्य बिशाल भट्टराई, खोटाङ इन्चार्ज एबं खानेपानी मन्त्री राजेन्द्र राई लगायतको उपस्थिति रहने छ ।

    एमालेको अधिबेसनका कारण दिक्तेलबजारमा चहलपहल बढेको छ । ‘आफुले चाहेको’ नेतृत्व चयनका लागि वडादेखि शहरसम्मका नेता तथा प्रतिनिधि दिक्तेलबजार आइपुगेका छन् । ‘भए सर्वसहमत, नभए निर्वाचन’का माध्यमबाट नेतृत्व चयनलाई टुंग्याइने एमालेले जनाएको छ । एमाले अधिबेसनमा करिब साँढे पाँच सय प्रतिनिधिले सहभागीता जनाउने छन् । ‘नेतृत्वमा कसलाई चयन गर्दा पार्टीको सर्वोपरी हित हुन्छ’ भन्ने स्वबिवेक तिनै साँढे पाँच सय प्रतिनिधिले प्रयोग गर्नुपर्ने छ ।

    एमालेको अध्यक्षका लागि वर्तमान अध्यक्ष रामप्रसाद दंगाल र उपाध्यक्ष देवबिक्रम राई आकांक्षी देखिएका छन् । भित्रभित्र दुबै आकांक्षीको प्यानल खडा भइसकेको श्रोतले बताएको छ । दुबै टिमबीच हाल प्रतिनिधि तानातान गर्न रस्साकस्सी चलिरहेको छ । 

    सम्बन्धित समाचार