Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    आगलागीमा खोटाङका विभिन्न ठाउँका तीन घर खरानी

    आगलागीमा खोटाङका विभिन्न ठाउँका तीन घर खरानी


    • मंगलवार, चैत्र २७ २०८०

    • नेपाल वाइड


    आगलागीमा खोटाङका विभिन्न ठाउँका तीन घर खरानी
    अरअरे सामुदायीक वनबाट फैलिएको डढेलो । तस्बीरः केसीराज राई

    खोटाङ, २७ चैत । डढेलोले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका वशन्त राईको घर डढेको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित अरअरे सामुदायीक वनबाट सुरु भएको डढेलोले राईको बसोबास नभएको रित्तो घर जलेको हो । गत मंगलबारदेखि सुरु भएको डढेलोले सोमबार राईको रित्तो घर जलाएको स्थानीय केसीराज राईले बताए ।

    आगलागीबाट राईको एक लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । अन्य घरहरुलाई भने छानामा पानी छेपेर जोगाइएको छ । सोही डढेलोले आइतबार साँझ बाहुनीडाँडा मैतुङको नाम्नाखु सिरानका लम्बरहादुर अधिकारीको घर, खर्कटारका अम्बरबहादुर अधिकारीको घर र गोठ तथा दाल्फुका भलाराज राईको तीन वटा गोठ जलेको थियो ।

    अरअरे सामुदायीक वनबाट पिप्ले पुछार, गुदारा पाखा हुँदै फैलिएको डढेलोले टुटुंगे सामुदायीक वन सखाप बनाएको छ । ईलाका प्रहरी कार्यालय हलेसी र प्रहरीचौकी च्यास्मीटारबाट खटिएको प्रहरीको टोली र स्थानीययले सोमबार राती सो डढेलो नियन्त्रणमा लिएका छन् ।

    यस्तै, विद्युत सर्ट हुँदा दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा ज्यामिरेका प्रेमकुमार राईको घर जलेको छ । सोमबार मिटर बक्समा विद्युत सर्ट भएपछि आगलागी हुँदा राईको घर र घरभित्र भएका दुई तोला सुन, ६ तोला चाँदी, नगद ३० हजार लगायत जल्दा ६० लाख बराबरको क्षती भएको छ ।

    आगलागीमा घर जल्दा रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका चन्द्रबहादुर बिकको नौ लाख बराबरको क्षती भएको छ । सोमबार भएको आगलागीमा बिकको घर सहित, नगद ४० हजार, सोलार प्यानल, सोलार व्याट्री नष्ट भएको खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिए ।

    सम्बन्धित समाचार