Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटेहाङमा शिक्षक, कर्मचारी र जनप्रतिनिधिका बालबच्चा सामुदायिक विद्यालयमा पढाउनु पर्ने

    खोटेहाङमा शिक्षक, कर्मचारी र जनप्रतिनिधिका बालबच्चा सामुदायिक विद्यालयमा पढाउनु पर्ने


    • सोमवार, चैत्र १९ २०८०

    • नेपाल वाइड


    खोटेहाङमा शिक्षक, कर्मचारी र जनप्रतिनिधिका बालबच्चा सामुदायिक विद्यालयमा पढाउनु पर्ने

    खोटाङ, १९ चैत । खोटाङको खोटेहाङ गाउँपालिकाले शिक्षक, कर्मचारी र जनप्रतिनिधिका बालबच्चालाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउन आव्हान गरेको छ । पछिल्लो समय हरेक सामुदायीक विद्यालय रित्तिदै गएको अवस्थामा गाउँपालिकाले सोमबार विद्यार्थी भर्ना सम्वन्धी सुचना प्रकाशित गर्दै शिक्षक, कर्मचारी र जनप्रतिनिधिलाई आ–आफ्नो बालबच्चालाई अनिवार्य सामुदायिक विद्यालयमा अध्यपन गराउन आव्हान गरेको हो ।

    सामुदायीक विद्यालयप्रतिको घट्दो आकर्षणलाई उकास्नका लागि गाउँपालिकाले आगामी शैक्षिक–सत्र २०८१ मा आफ्ना बालबालिकालाई पायक पर्ने सामुदायिक विद्यालयमा भर्ना गर्न अनुरोध गरेको छ । सूचनालाई वेवास्ता गर्दै आफ्ना बालबच्चालाई निजी विद्यालयमा भर्ना गरेर पढाए तलव, भत्ता लगायतका सेवा सुविधा रोक्का हुने चेतावनी दिइएको छ ।

    गाउँपालिकाको यस व्यवस्थाले शिक्षक, कर्मचारी र जनप्रतिनिधिलाई बालबच्चा बोर्डिङ स्कुलमा पढाउन रोक लगाएको छ ।

    गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम एवं चैत ८ गतेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार गाउँपालिकाबाट तलव भत्ता लगायतका आर्थिक सुविधा प्राप्त गर्ने सबै प्रकारका कर्मचारी, सबै प्रकारका शिक्षक तथा सम्पूर्ण जनप्रतिनिधिलाई बालबच्चा सामुदायिक विद्यालयमा भर्ना गर्न आव्हान गरिएको छ । “सामुदायिक विद्यालयको गुणस्तर सुधारका निम्ति गाउँपालिकाले अवलम्बन गरेको यस नीतिलाई सहयोग गर्न सम्पूर्ण राजनैतिक दल, नागरिक समाज, शिक्षा प्रेमी लगायत सरोकारवालासँग हार्दिक अपिल गर्दछ,” प्रमुख प्रशासकीय अधिकृत महेश राईले जारी गरेको सूचनामा भनिएको छ, “सूचनालाई वेवास्ता गरि आफ्ना बालबालिकालाई निजी विद्यालयमा भर्नाअध्यापन गरेको पाईएमा सम्बन्धित व्यक्तिको तलव, भत्ता लगायतका सेवा सुविधा रोक्का हुने जानकारी गराईन्छ ।”

    सम्बन्धित समाचार